स्वस्तिमा लेख्छिन्–‘नायिकालाई नायकको साथ चाहिन्छ भन्ने चिन्तन ‘बोक्सीको घर’ले तोडिदियो

नायिका स्वस्तिमा खड्काले हाल हलमा रिलिज भइरहेको फिल्म ‘बोक्सीको घर’ले विभिन्न रुढीवादी चिन्तनलाई हटाइदिएको उल्लेख गरेकी छिन् ।

सामाजिक संजालमा उनले यो फिल्मलाई आफूले विभिन्न दृष्टिकोणबाट हेरेको भन्दै चार वटा बुँदा उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘बोक्सीको घरले रुढीवादी चिन्तनको जरामा आगो लगाइदिएको छ । नायिकाहरूलाई लिएर फिल्म क्षेत्रमा व्याप्त कैयौं गलत भाष्यलाई गलत सावित गरिदिएको छ । फिल्मका गुण वा अवगुणलाई एकातिर पन्छाएर म यो छलाङलाई उत्सव झैं मनाउन चाहन्छु ।’

स्वस्तिमाले चार बुँदा उल्लेख गर्दै लेखेकी छिन्–‘३० वर्ष पार भएकी अभिनेत्रीलाई दर्शकले पर्दामा हेर्न चाहँदैनन् । महिलाप्रधान फिल्महरू व्यवसायीक रुपमा सफल हुँदै हुँदैनन् । नायिकाहरूलाई पुरुष कलाकारहरूको साथ चाहिन्छ चाहिन्छ । विवाहित अभिनेत्रीहरू फिल्ममा रुचाइँदैनन् ।’

यी भाष्यहरुलाई यो फिल्मले तोडेको भन्दै स्वस्तिमाले यसलाई उत्सवको रुपमा मनाउने लेखेकी छिन् ।