सलोन र करिश्मालाई पुत्रीलाभ

नायक सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीलाई पुत्री लाभ भएको छ । करिश्माले आज बिहान सवा ८ बजे छोरीलाई जन्म दिएको निर्देशक तथा सलोनका पिता शोभित बस्नेतले जानकारी दिए ।

उनका अनुसार, छोरी र आमाको अवस्था सामान्य छ । ललितपुरको मेडिसिटि अस्पतालमा करिश्माले छोरीलाई जन्म दिएकी हुन् । 

करिश्मालाई हिजो राती अस्पताल भर्ना गरिएको शोभितले जानकारी दिए । उनले भने–‘आमाको मुख हेर्ने दिनमा छोरी आमाको मुख हेर्न आइपुगेकी छिन् । दुबै जनाको स्वास्थ्य अवस्था सामान्य छ । हामीले अहिलेसम्म बच्चा हेर्न पाएका छैनौं । अब, केही छिनमा हेर्छौ ।’

करिश्मा र सलोनले गतबर्ष बिहे गरेका थिए । आमा बन्ने खबर उनीहरुले केही महिना अगाडि नै सार्वजनिक गरेका थिए । यसपछि, उनीहरुको फोटोसुट पनि चर्चामा रह्यो । सलोन र करिश्मालाई धेरै धेरै बधाई छ ।