५१ दिने यात्रामा ‘महाजात्रा’, हालसम्म कती कमायो ?

चैत्रको ९ गतेबाट रिलिजमा आएको फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा बम्पर व्यापार गर्यो । यो फिल्मले अब शनिबार देशका विभिन्न हलमा ५१ दिनको यात्रा तय गर्दैछ । 

गतबर्ष रिलिजमा आएका ‘जारी, दिमाग खराब’पछि ‘महाजात्रा’ले नै हलमा ५१ दिनको यात्रा पार गर्न लागेको हो । गतबर्षको ब्लकबस्टर यो फिल्मले बक्स अफिसमा पनि आक्रामक कमाई गरेको छ । फिल्मले १६ करोड हारहारीको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । 

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको निर्माणमा तयार भएको फिल्मलाई प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ । 

यो फिल्मले गतबर्ष रिलिजमा आएको फिल्म ‘जारी’को रेकर्ड तोड्ने अपेक्षा गरिएको थियो । तर, फिल्मको व्यापारिक आँकडा हेर्दा ‘जारी’को १७ करोड माथिको रेकर्ड सुरक्षित नै रहेको देखिन्छ ।

यसअघि ‘जात्रा र जात्रै जात्रा’ले पनि बक्स अफिसमा ५१ दिनको यात्रा तय गरेका थिए ।