दैनिक जीवनमा छालाको स्याहार

- मेराेफिल्म

हामीले दैनिक रुपमा विभिन्न सौन्दर्य प्रसाधनहरु प्रयोग गर्ने गर्छौ । जसमध्ये दैनिक रुपमा अनिवार्य प्रयोग गर्नु पर्ने प्रसाधनहरु के के हुन् र कसरी प्रयोग गर्ने भन्ने कुराको जानकारी हुनु जरुरी छ । मेकअप नगर्ने युवायुवतीले पनि अनुहारको सौन्दर्यलाई बिगार्न नदिनको लागि दैनिक रुपमा क्रिमहरु लगाउन जरुरी हुन्छ । जसको प्रयोग सहि रुपमा कसरी गर्ने भन्ने बारे जानकारी भएमा पक्कै पनि सौन्दर्यमा निखार आउछ ।

क्लिन्जिंग
राती नाईट क्रिम लगाएको छ भने क्लिनरले नभए सादा पानीले बिहान उठ्ना साथ अनुहार सफा गर्नु पर्छ ।
टोनिंग
क्लिन्जरले मुख धोए पछि अनुहारमा टोनरको प्रयोग गर्ने जसले खुलेको छालालाई टाइट गर्नुका साथै फ्रेश बनाउछ ।
मोस्चराइजिंग कति जरुरी ?
मोस्चराइजरको प्रयोगले अनुहारमा उमेरको कारणले हुने चाउरीपनलाई केहि हद सम्म रोक्न मद्धत गर्छ । साथै सुख्खा पन बाट बचाउछ । मुख धोएको दुइ तीन मिनेट भित्र मोस्चराइजर लगाएमा लाभदायक हुन्छ । जसले गर्दा छालालाई धेरै सुख्खा तथा तैलीय हुनबाट बचाउछ । छालाको प्रकृति हेरेर मोस्चराइजर प्रयोग गर्नु पर्छ ।
नाइट क्रिम / न्युरिस्मेन्ट क्रिमको प्रयोग
नाइट क्रिम लगाउनु अगाडी अनुहार राम्रो संग क्लिंजरको सहायताले सफा गर्नुपर्छ । यसलाई फुड क्रिम समेत भन्ने गरिन्छ । ३० बर्ष काटे पछि नाइट क्रिम जरुरी मानिन्छ । छालाको प्रकृति अनुसार क्रिम छान्नु पर्छ । डे क्रिम ले प्रोटेक्सनको काम गर्छ भने नाइट क्रिमले ट्रिटमेन्टको काम गर्छ ।
(ब्युटिसियन शान्ति शर्मा, कारा ब्युटी केयर एण्ड ट्रेनिंग सेन्टरसंगको कुराकानीमा आधारित)

२०७५ जेठ २९ गते १९:२९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *