बैशाख १ नेपाल-भारतबीच फिल्मी ‘म्याच’

बैशाख १ गते अर्थात नयाँ बर्ष यो दिन प्रतिक्षिारत फिल्म ‘ए मेरो हजुर ४’ र दक्षिण भारतिय फिल्म ‘केजीएफ २’ नेपालमा प्रर्दशन हुदैछन् । यो बिषयलाई लिएर अहिले फिल्मी बजार तातेको छ । यो भिडन्तलाई बडो रोचकताका साथ लिइएको छ ।

बैशाख १ गतेलाई निर्माता सुनिल कुमार थापाले नेपाल र भारतको फुटबल म्याचको रुपमा चित्रण गरेका छन् । आमदर्शकले पनि यही रुपमा लिने र आफ्नो फिल्मलाई दर्शकको साथ पाउनेमा आशाबादी समेत रहेका छन् । नेपालको आशा गरेको फिल्म ए मेरो हजुर४ र दक्षिण भारतिय फिल्म ‘केजीएफ २’ को रोचक भिडन्त भने हेर्न बाँकी नै छ । नेपालमा राम्रा सिनेमा बनाउने मेकर मध्य भएकाले आमदर्शकले साथ दिनेमा टिम बिश्वस्त छ ।

कोरोना महामारीका कारण ठुलो मारमा परेको नेपाली फिल्म क्षेत्र कोरोनाकाल भन्दा पहिला बर्षमा सरदर एक सय फिल्म निर्माण हुने गर्दथे । कोरोनाकाल पश्चात फिल्म निर्माणमा निकै कमी आयो फिल्म बन्ने र प्रर्दशन हुने क्रम पनि कमी आयो। कोरोना संक्रमणका कारण धेरै नेपाली फिल्म प्रर्दशन गर्न नपाएर मिति कुरेर बसेका थिए ।

चक्र बहादुर चन्द , कार्यकारी निर्माता/सामाजिक अभियन्ता
चक्र बहादुर चन्द, कार्यकारी निर्माता तथा सामाजिक अभियन्ता

यही बिच नेपाली फिल्मले धमाधम आफ्नो प्रर्दशन मिति घोषणा गर्दै प्रर्दशन समेत गर्दै आएकाछन् । तर बिडम्बना नेपाली फिल्मले आफ्नो प्रर्दशन मिति घोषणा गर्दा वलिउडका फिल्मको प्रर्दशन मिति हेरेर नेपाली फिल्मको प्रर्दशन मिति तोक्ने प्रचलन रहदै आएको थियो । यसमा फेरी अर्को चुनौती थपिएको छ । पछिल्लो समय वलिउड भन्दा दक्षिण भारतिय फिल्मले चुनौती दिईरहेका छन् । हिन्दी भाषामा डबिङ भएर नेपालमा प्रर्दशन हुदै आएका दक्षिण भारतिय फिल्मले नेपालमा समेत आफ्नो प्रभाव पार्दै आएका छन् ।

पछिल्लो समय हिन्दी फिल्मलाई समेत ठुलो चुनौती दिदै आएकोले दक्षिण भारतिय फिल्मबारे हालैका दिनमा वलिउडका स्टार ‘दबंग’ सलमान खान समेत आफू झस्किएको अभिब्यक्ति दिएका छन् । यही मारमा नेपाली फिल्म समेत पर्न लागेका छन् ।

नेपाली नयाँ बर्षलाई लक्षित गरी आफ्नो प्रर्दशन मिति पहिला नै तोकेको प्रतिक्षारत फिल्म ‘ए मेरो हजुर ४’सँग संयोगले दक्षिण भारतिय फिल्म ‘केजीएफ २’ जुध्दै छ । यो भिडन्त भने निकै कडा हुने देखिएको छ । नेपालमा मेकिङका हिसाबले थोरै मात्र राम्रा र स्तरिय फिल्म बन्ने गर्दछन् । त्यो मध्यको आशा गरेको फिल्म ‘ए मेरो हजुर ४’ पनि हो । निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापा लामो समय नेपाली फिल्म क्षेत्रमा जमेर काम गर्ने जोडिका रुपमा रहेका छन् । यही जोडी ले निर्माण गरेको यो फिल्मसँग दक्षिण भारतिय फिल्म भिड्न आएको छ । आफूले नेपालीपन नेपाली मन र स्तरिय फिल्म बनाएकोले आफूहरुले दर्शकको साथ पाउनेमा उनी ढुक्क छन् ।

फिल्मका निर्माता सुनील थापाले एक कार्यक्रममा भनेका छन् यो फिल्म नेपाल-भारतको फुटवल म्याच जस्तै हो । यो भनाई र भावनालाई आम नेपाली दर्शकले कदर गर्नेमा उनी ढुक्क छन् । थला परेको नेपाली फिल्म क्षेत्र फेरी उठन जरुरी छ । संभावना बोकेका फिल्म नै चलेनन भने नेपाली फिल्म क्षेत्र कसरी चलायमान होला । पहिला त दर्शकले पैसा तिरेर फिल्म हेर्ने भएकोले नेपाली फिल्म पनि स्तरिय बन्न निकै जरुरी छ । आफ्ना फिल्म हरेक किसिमले स्तरिय बनाउन आफू पछि नपर्ने गरेको तर्फ निर्माता सुनिल कुमार थापाको छ । ‘ए मेरो हजुर’का अगाडीका भाग पनि दर्शकले निकै रुचाएका कारण यो फिल्मलाई पनि दर्शकको साथ पाउनेमा उनी प्राय ढुक्क छन् । यो हिसाबले पनि यो फिल्म चल्ने देखिन्छ ।

नेपाली फिल्म पनि कति डर र त्रासमा बस्ने केही न कोही अगाडी बढनु नै थियो । निर्माता सुनिल कुमार थापाले हिम्मत गरेका छन् । यो हिम्मतलाई आमदर्शकले साथ दिन जरुरी देखिन्छ । राम्रो मानिएको नेपाली फिल्म नै धरापमा पर्न थाले नेपाली फिल्म क्षेत्र नै धरापमा पर्नेमा दुईमत छैन । तर यसका लागी फिल्म पनि राम्रो हुन जरुरी छ । अब मेकरले हिन्दी फिल्म र दक्षिण भारतिय फिल्मसँग डराउने नभै आफ्नो चिजलाई राम्रो बनाउन तिर लाग्न निकै जरुरी छ । यस्ता डरत्रासमा पिल्सिनु भन्दा राम्रा र स्तरिय फिल्म बनाउनतिर लाग्न नेपाली मेकरलाई शिक्षा समेत दिएको छ ।

फिल्म ‘ए मेरो हजुर ४’ नयाँ बर्षको अवसरमा प्रर्दशन हुदैछ । यो फिल्मलाई नेपाली दर्शकले साथ त दिने नै छन् । तर यहाँ नेपालका मल्टिप्लेक्सले कस्तो साथ दिन्छन् । यसलाई पनि मुख्य चासोको रुपमा हेरिएको छ । पछिल्लो समय मल्टिप्लेक्समा शो बाँडफाडले पनि फिल्मको ब्यापारमा र दर्शकको मनोबिज्ञानलाई असर पार्दे आएको आँकलन समेत गरिन्छ । मल्टिप्लेक्सहरुले आफ्नो फिल्मलाई शो नै कम दिने गरेको भनेर निर्माताहरुले लगाउने गरेको आरोपलाई ए मेरो हजुर ४ को मल्टिप्लेक्स मा बाँडफाँड गर्ने शोले समेत निर्धारण गर्ने एकथरीको ठम्याई छ । पछिल्लो समय नेपालमा पनि डिजिटल प्रयोगकर्ताको संख्या बढेकोले यसकिसिमको आरोपलाई आमदर्शकले पनि बडो चासो र उत्साहका साथ हेरेका छन् । यसपटकको भिडन्तले लाग्ने गरेको यो आरोपको समेत छिनोफानो हुनेछ ।

६ दशक लामो नेपाली फिल्मको इतिहास हेर्दा बिभिन्न कालखण्डमा बिभिन्न समस्याका बाबजुद पनि यो क्षेत्रको निरन्तरतामा निर्माता लागी परेका छन् । नेपाली फिल्म पछिल्लो समय स्तरिय फिल्म बन्दै आएका पनि छन् । तर मुख्य चुनौती भनेको बिदेशी फिल्मका कारण नेपाली फिल्म ठुलो मारमा पर्दै आएका छन् । नेपालमा बिभिन्न समस्याका बाबजुद पनि नेपाली फिल्महरु निर्माण हुदै आएका छन् । एउटा फिल्म निर्माणले सयौं जनाले प्रत्यक्ष रोजगारी पाउने र हजारौं जनाले अप्रत्यक्ष किसिमले रोजगार पाउने समेत भएकोले नेपाली फिल्म चल्न निर्माताको लगानी उठन र फेरी पनि नेपाली फिल्म बन्न जरुरी छ ।

हालै प्रर्दशनमा आएको भारतिय फिल्म ‘द कश्मीर फाइल्सले भारतका बिभिन्न स्टेटमा सरकारले ट्याक्स फ्रि गरिदियो । ट्याक्स फ्रि गर्नुको कारण अलग्गै भएपनि नेपाली फिल्म क्षेत्रलाई संरक्षण र प्रोत्साहन गर्न नेपाल सरकारले पनि यसकिसिमका योजना ल्याउन जरुरी छ । तर यसबारे बोलिदिने को भन्ने गम्भिर प्रश्न खडा हुने गर्दछ । नेपालमा बर्षमा १०० वटा फिल्म बन्ने गरेकोमा कोरोना महामारीका कारण यो क्षेत्र पनि थला परेर त्यो संख्या आधामा झरेको छ । कोरोना महामारीका कारण यो क्षेत्र सामान्य अवस्थामा फर्कन अझै पाँचदेखी आठबर्ष लाग्ने अनुमान गरीएको छ ।

देशको संस्कृती, रीतिरिवाज, पर्यटन प्रबद्र्धन, इतिहास र मनोरञ्जनलाई देश बिदेशमा पुरर्याउने फिल्म क्षेत्रले ठुलो योगदान दिदै आएको छ । यस बिषयमा सरकार पनि गम्भिर हुन जरुरी छ ।

जय नेपाली फिल्म ।।।