दिव्या भन्छिन्–जन्मभुमीलाई कर्मभुमी बनाउन मन थियो, यसैले नेपाल फर्किएँ’

फिल्म ‘एक्टर’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्न लागेकी नव–नायिका दिव्या रायमाझी उत्साहित छिन् । नायक दिलीप रायमाझीकी छोरी दिव्या अब फिल्म क्षेत्रमा आफ्नै परिचय बनाउने दौडमा छिन् । 

फिल्म ‘एक्टर’को शुभसाइत समारोहमा दिव्याले भनिन्–‘जन्मभुमीलाई कर्मभुमी बनाउन मन थियो, यसैले मन नेपाल फर्किएँ ।’ दिव्याले अमेरिकामा रहँदा आफूले अभिनयका विभिन्न विधा सिकेको पनि बताइन् । उनले भनिन्–‘मलाई बच्चादेखि नै फिल्ममा अभिनय गर्ने मन थियो । यसैले, मैले पहिलेबाट नै यो क्षेत्रका लागि आवश्यक हरेक कुराहरू सिकेको हुँ ।’

दिव्याले आफू नेपाल आएसँगै वर्कशपमा व्यस्त भएको समेत तर्क गरिन् । उनले, फिल्मका नायक प्रदीप खड्काको पनि दिल खोलेर प्रशंसा गरिन् ।

उनले भनिन्–‘म उहाँको प्रेमगीत फिल्म हेरेपछि नै फ्यान भएको हुँ । उहाँलाई वर्कशपमा पहिलो पटक भेटेँ । निकै नै सहयोगी पनि लाग्यो । उहाँ फिल्ममा हुँदा सुनमा सुगन्ध नै हुने भयो ।’

आफूलाई अरु फिल्मको पनि अफर आइरहेको दिव्याको भनाई छ । तर, जुन फिल्मको छायांकन पहिला सुरु हुन्छ सोही फिल्ममा काम गर्ने सोच आफ्नो रहेको दिव्याको भनाई छ । यो फिल्ममा आफू पोखराकी एक युवतीको भूमिकामा देखिन लागेको दिव्याको भनाई छ ।