पूजा र अनमोलः फिल्म पनि नखेल्ने, खेल्दैनौं पनि नभन्ने

फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा नायिका पूजा शर्माले नायकद्धय भूवन केसी र अनमोल केसीलाई निमन्त्रणा गरेकी थिइन् । तर, फिल्मको प्रिमियरमा यी दुबै नायक उपस्थित भएनन् । यसपछि भने पूजाले दुबै जनासँग चित्त दुखाइन् ।
तर, बैगुनीलाई गुनले मार्नुपर्छ भने जस्तै बुधबार आयोजना भएको नायक अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर ४’को विशेष शोमा भने पूजा उपस्थित भइन् । पूजाले नायक अनमोल केसीको अगाडि नै आफ्नो फिल्मको प्रिमियरमा नआएको भन्दै चित्त दुखाइन् ।
पूजा र अनमोललाई एकसाथ काम गराउने भन्दै फिल्म ‘प्रेमगीत’मा अफर गरिएको थियो । तर, अनमोलले फिल्म खेल्न मानेनन् । यसपछि, पूजाले बनाउने हरेक फिल्ममा अनमोललाई नै पहिलो अफर गएको हुन्छ । तर, अनमोल र पूजाको जोडी पर्दामा देखिन सकेको छैन ।
पत्रकारको प्रश्नमा अनमोलले भने–‘हामी चाडै नै फिल्ममा काम गर्छौ । हामीले काम गर्यौ भने त्यो लभ स्टोरी फिल्म नै हुनेछ ।’
अनमोलले फिल्ममा चाडै नै काम गर्ने बताइरहँदा पूजाले भने, दुई जनाको केमेष्ट्री नजुरेको बताइन् । भनिन्–‘खै, हामी दुईविच काम गर्ने भनेको लामो समय भैसक्यो । तर, के जुरेको छैन । आशा छ, चाडै नै हामी फिल्ममा काम गर्नेछौ ।’
पूजा र अनमोलले एकसाथ फिल्ममा काम गरेको दर्शकले पनि हेर्न चाहेका छन् । तर, यी दुइले काम गरेका पनि छैनन् र गर्दैनौ पनि भनेका छैनन् ।

यस्तो छ आँचल अभिनित 'हिटम्यान'को पोस्टर र टिजर

दयाहाङ्ग र रिस्मा फेरि एकसाथ ‘रिमै’मा देखिदै
फिल्म 'जम्प' को ‘फेरि फर्किन्छ’ गीत सार्वजनिक

‘एडल्ट’को नाममा ‘एनिमल’माथि धेरै उदार बनेको सेन्सर बोर्ड

बिदेश यात्राबाट फर्किएपछि मात्र नयाँ फिल्ममा काम गर्छुः स्वस्तिमा खड्का

एक बर्षदेखि पुष्पले किन साइन गरिरहेका छैनन् फिल्म ?

‘चित्रा’ निर्देशक लामिछाने भन्छन्–हामीले अरुको कथा हेर्यौं, आफ्नो भन्न सकेनौं’

प्रतिक्रिया