पलकी बहिनी रोशनीले दिइन् स्पष्टिकरण

नायक पल शाही बहिनी रोशनी शाहले पलको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरको खण्डन गरेकी छिन् । केही युट्युब च्यानलमा पलको मुद्दा लड्नका लागि उनको परिवारले मोटो रकम उठाएको खबरहरु सार्वजनिक भएका थिए ।

तर, रोशनीले भने पल शाह पुर्पक्षका लागि कारागारमा रहेको समयमा परिवारको तर्फबाट एक रुपैयाँ पनि नउठाएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले, पलको नाममा रकम उठाएको भन्ने खबरहरु आफूहरुले पनि थाहा पाएको भन्दै त्यसो नगरिदिन आग्रह गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘यसै क्रममा केही युट्युब च्यानल र केही सामाजिक संजालमा पल शाहको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरु आएकाले उक्त खबरले हाम्रो ध्यानाकर्षण भएको छ । पल शाह न्यायिक हिरासतमा बसेदेखि अहिलेसम्म परिवारका कुनै पनि सदस्यले कसैबाट आर्थिक सहायता लिएका छैनौ र आर्थिक सहयोगका लागि कतै पनि आग्रह गरेका छैनौ ।’

उनले, आफूहरु कानुनी राज्यमा विश्वास गर्ने भन्दै कानुनको संरक्षण पाउनेमा विश्वस्त रहेको समेत बताएकी छिन् ।

एक नाबालिका गायिकालाई बलात्कार गरेको आरोपमा नायक पल शाह विगत केही महिनादेखि कारागारमा छन् । उनको मुद्दा जिल्ला अदालत, तनहुँमा चलिरहेको छ ।