‘प्रसाद २’मा जोडिए राज कटुवाल

अभिनेता राज कटुवाल ‘प्रसाद २’मा अनुबन्धित भएका छन् ।

छायांकन तयारीमा रहेको फिल्ममा राजले आफू प्रमुखमध्येको एक महत्वपूर्ण भूमिकामा लागि अनुबन्धित भएको जानकारी दिएका छन्।

उनले भने, ‘मैले गर्न लागेको भूमिका एकदमै रोचक छ । फिल्मलाई लिएर उत्साहित छु’ । राजले यसअघि ‘लीला’ र ‘लाल्टिन’ आदि फिल्ममा काम गरेका छन् ।

सुदर्शन थापाले निर्देशन गर्ने फिल्मका लागि यसअघि नै विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा अनुबन्धित भइसकेको निर्माण टिमले जनाएको छ । राजले योबाहेक सुदर्शन थापालाई नै लिएर ‘राजा’ नाममा फिल्म बनाउने घोषणा गरेका छन् । पूर्व सम्झौता गरेका निश्चल बस्नेतले अन्तिम समयमा आएर फिल्म नगर्ने भएपछि निर्माण टिमले अर्पण थापालाई अनुबन्ध गरेको थियो ।

यही हप्ताबाट छायांकन सुरु हुने फिल्मको यस पटकको छायांकन स्थल कास्कीको हेम्जाकोट रहेको बताइएको छ ।

‘प्रसाद’को सिक्वेलको रुपमा बन्न लागेको फिल्मलाई सुशील पौडेलले लेखेका हुन् ।