‘बाबरी ट्रेलर ’: अदितीका लागि धिरजद्धयको लडाई

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा दुई नायकसँग एक नायिकाको प्रेमकथालाई प्रस्तुत गरिएको छ । नेपाल र भारतको सिक्किममा खिचिएको यो फिल्मको ट्रेलरमा मुख्य कलाकारहरु धिरज मगर, अदिती वुढाथोकी र धिरज नाडकरलाई देखाइएको छ ।

ट्रेलरमा अदितीका लागि दुई धिरजविचको लडाईलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा धिरज मगर फरक भूमिकामा देखिएका छन् । उनलाई एउटा गाउँको काजीको भूमिकामा देखाइएको छ । जसलेगर्दा उनले यो फिल्ममा आफ्नो बोली समेत परिवर्तन गरेका छन् ।

धिरज नाडकर सिक्किमको एक यूवाको भूमिकामा देखिएका छन् । उनको अभिनय र बोली पात्र अनुसार सुहाएको छ ।

गणेश बुढाथोकी र पुष्पालता बुढाथोकीको लगानीमा बनेको यो फिल्ममा बादल भट्ट, कमलमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा कालिप्रसाद बाँस्कोटा, सुजन चापागाँई, अनमोल गुरुङको संगीत, एन्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी, सिजन दाहाल, मनोज त्रिपाठी, रित बोहरा र किशोर नेपालको लेखन, नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ ।

यो फिल्म अब असोजको १४ गतेबाट रिलिज हुँदैछ । दशैंमा दर्शकका लागि एउटा नयाँ स्वादको फिल्म हुने निर्माणपक्षको विश्वास छ ।