पोखरामा भदौ २४ गतेबाट ‘सुनकेशरी’ मञ्चन हुने

संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित नाटक ‘सुनकेशरी’ पोखरामा यही भदौ २४ गतेबाट मञ्चन हुने भएको छ । मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतिमा तयार गरिएको नाटक पोखराको गैहपाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा असोज १ गतेसम्म मञ्चन गर्न लागिएको हो ।
हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त दिउँसो १ बजे नाटक मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परीक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास गिरी, मिलन कार्की, सुजिता सिवाकोटी, बलबहादुर राई, सञ्जिबजंग क्षेत्री लगायततको अभिनय रहनेछ । प्रत्यक्ष सङ्गीतमा अङ्कित खड्का, सागर खाती, मिलन कार्की, सुदीप खतिवडा र विक्रम श्रेष्ठले साथ दिनेछन् । यो नाटकको परिकल्पना तथा निर्देशन राजन खतिवडाले गरेका हुन् ।
पोखरा थिएटरको आयोजनामा मण्डला थिएटर नेपालले मञ्चन गर्न लागेको नाटकमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा महानगरपालिका वडा नं ४ को सहकार्य छ । सुनकेशरी कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक हो । एक युवतीले आफ्नो सुन्दरताका कारण भोग्नुपरेका तितामिठा सङ्घर्ष तथा अनुभवको कथालाई नाटकमा चित्रण गरिएको छ । लेखक जोशीले विं २०२७ मा कर्णालीमा सम्पन्न लोक संस्कृति सर्वेक्षणको क्रममा कथावस्तु सङ्कलन गरेका हुन् । जनजिब्रोमा जीवन्त कथालाई नाटकीय रूप दिइएको हो ।
एक दशकअघि मण्डला थिएटरले राजन खतिवडाकै निर्देशनमा मञ्चन गरेको यो नाटक नेपालका साथै भारत र बङ्गलादेशमा पनि मञ्चन भइसकेको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले लोक कथामा आधारित नाटकले पोखरेली नाट्यप्रेमी दर्शकको माया पाउने दाबी गर्दै पोखरामा मञ्चन हुनु खुसीको कुरा भएको र सबै नाट्यप्रेमी हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।
मण्डलाको इतिहाससँग जोडिएको नाटकले पोखरामा राम्रो साथ पाउने मण्डला नाटक समूह नेपालका अध्यक्ष सिर्जना सुब्बाले विश्वास व्यक्त गर्नुभयो । यो नाटक आगामी कात्तिक १८ देखि मङ्सिर ४ गतेसम्म मण्डला नाटकघर काठमाडौँमा मञ्चन हुने जनाइएको छ ।

राणा शासनको प्रतीक ‘माउजङ बाबुसाहेबको कोट’ आजदेखि शैली थिएटरमा मञ्चन हुँदै

आजबाट नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको देस्रो संस्करण हुँदै

मण्डला थिएटरमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

ओजस थियटरमा नाटक ‘असुर’ मञ्चन हुँदै

नाटक ढकियामे नागरिकता: दर्शकले असाध्यै मन पराए

प्रतिक्रिया