आमा बन्न लागेको रिपोर्ट आउँदा काँपेकी थिएँः स्वेता खड्का

नायिका स्वेता खड्काले आफू बन्दैछु भन्ने थाहा पाउँदा काँपेको बताएकी छिन् । सोमबार काठमाडौंको चलचित्र विकास बोर्डमा आयोजना भएको ‘नवदुर्गा सम्मान’मा पुगेकी स्वेताले आफूले आमा बन्न लागेको रिपोर्ट थाहा पाउँदा शरीर काँपेको र विश्वास गर्न नसकेको सुनाइन् ।

स्वेताले गतबर्ष विजयेन्द्र सिंह राठौतसँग बिहे गरेकी थिइन् । स्वेताले मंसिर महिनामा सन्तानलाई जन्म दिदैछिन् ।

स्वेताले भनिन्–‘यो शब्दमा बयान गर्न सकिने कुरा नै होइन । सुरुमा थाहा पाउँदा त म काँपेकी थिएँ । मनमा छुट्टै खालको खुशी थिएँ । आमा बन्ने नारीका लागि सबैभन्दा ठूलो खुशी हो । म अहिले त्यही खुशीमा रमाइरहेकी छु ।’

स्वेताले सुरुवातको केही महिना पछाडिको भाग दुखेको बताइन् । तर, आफूलाई वुझ्ने परिवार र समाज भएकाले पनि खासै गाह्रो महशुश नभएको उनको भनाई छ । स्वेताले आफूलाई ३ महिनासम्म आमा बन्न लागेको कुरामा विश्वास नै नभएको पनि बताएकी छिन् ।

सुरुवातमा त अफिसमा कसैले हेर्दा पनि थाहा पाएरै हेरेको हो कि जस्तो लाग्ने गरेको उनको भनाई थियो ।