११ देशमा ‘साकुरा नाइट्स ५’ आयोजना हुने

सूर्य कर्पोरेशनले अष्ट्रेलियामा रहेको ‘डी ब्वाइज इभेन्ट्स’सँगको सहकार्यमा अष्ट्रेलियाको विभिन्न शहरमा ‘साकुरा नाइट सिजन ५’को आयोजना गर्ने भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दैै आयोजकद्धय संस्था कर्पोरेशन र ग्लोबल मिडियाले कार्यक्रमको बारेमा जानकारी दिएका छन् । यसअघि नेपाल र जापानमा ४ पटकसम्म यो कार्यक्रम आयोजना भैसकेको छ । यसपटक भने ११ वटा देशमा कार्यक्रम आयोजना हुनेछ ।

अष्ट्रेलियाको क्यानबेरा, सिड्नी, मेलवर्न र पर्थ लगायतका शहरमा कम्तीमा पनि ७ शोको तयारी गरिएको आयोजक संस्था डी ब्वाइज इभेन्ट्सका प्रतिनिधी गणेश मल्ल ठकुरीले बताए । डिसेम्बर १३ तारिकदेखि २१ तारिकसम्म कार्यक्रम आयोजना हुनेछ । अष्ट्रेलियापछि जापान, दुबई, कोरियो, न्यूजिल्याण्ड, यूरोप, यूके, क्यानडा, अमेरिका र नेपालमा पनि यो कार्यक्रम आयोजना हुनेछ ।

विश्वभर नेपाली गीतसंगीतको प्रवद्र्धन र नेपाली कला संकृतिको संरक्षणका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रममा जानकारी गराइयो । ‘साकुरा नाईट ५’का लागि प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समीक्षा अधिकारी लगायतका कलाकारहरु रहनेछन् ।

कर्पोरेशनले सन् २०२३ मा ‘सूर्य इन्टरनेशनल अवार्ड’को तेश्रो संकरण अमेरिकामा आयोजना गर्न लागेको छ ।