‘प्रेमगीत ३’ पछि प्रदीपले साइन गरे दीपकको नयाँ फिल्म


फिल्म ‘पण्डित बाजेको लौरी र कृष्णलीला’का निर्देशक दीपक वली नयाँ फिल्मको तयारीमा छन् । चैत्रको दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा दीपक लागेका छन् ।  दीपकको यो फिल्ममा मुख्य नायकको रुपमा प्रदीप खड्का फाइनल भएका छन् । यो विषयमा निर्माणपक्षले केही पनि बताएको छैन । 

तर, प्रदीपसँग शुक्रबार मात्र फिल्मका लागि संझौता भएको श्रोतले बतायो । यो फिल्मको छायांकन नेपाल बाहिर हुनेछ । फिल्ममा प्रदीप ट्राभलरको रुपमा देखिनेछन् । फरक कथामा अफर आएपछि प्रदीपले फिल्म साइन गरेका हुन् । उनले, फिल्म ‘प्रेमगीत ३’ पछि नयाँ फिल्म साइन गरेका थिएनन् । 

प्रदीप मुम्बई फिल्म नगरीमा प्रवेश गर्नका लागि दौडधूप गरिरहेका छन् । यसका लागि उनी नेपाल भन्दा बढी मुम्बइमा बढी बस्दै आएका छन् ।