नीताले बल्ल सुरु गरिन् ‘ह्रस्व दीर्घ’को छायांकन


भारतको हैदरावादमा रहेको रामोजी फिल्म स्टुडियोमा नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन सुरु गरिएको छ ।  नीता ढुंगाना फिल्मसको निर्माण बन्न लागेको यो फिल्मका लागि कलाकार तथा प्राविधिकहरूले क्यामेरा पूजा गर्दै छायांकन सुरु गरेका हुन् । 

यो फिल्ममा कलाकारहरूको जम्बो टोली छ । चन्द्र पन्तको निर्देशनमा तयार हुन लागेको फिल्ममा नीताको साथमा हरिहर अधिकारी, विपना थापा, सरोज खनाल लगायतका कलाकारको अभिनय छ । 

फिल्मको कथावस्तुबारे केही पनि खुलाइएको छैन । तर, छायांकन प्रारम्भ गर्दै नीताले खुशी व्यक्त गरेकी छिन् । उनले, नेपाली फिल्मको छायांकन रामोजी फिल्म स्टुडियोमा हुनु सबैका लागि खुशीको खबर रहेको पनि बताएकी छिन् ।

उनले, फिल्मको छायांकन कहिले बाट सुरु हुन्छ भनेर बारम्बार प्रश्न आएको भन्दै अब भने काम सुरु गरिएको जानकारी दिइन् । यो फिल्ममा साउथका केही चर्चित कलाकारहरूको समेत अभिनय रहनेछ ।