‘कामिनो’को छायांकन अघि प्रदीपले गरे भारतको मन्दीरमा पूजा


नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘कामिनो’को छायांकन चैत्रबाट सुरु हुँदैछ । यो चलचित्रको छायांकन सुरु हुनु अगाडि भारतमा रहेका नायक खड्काले पूजा गरेका छन् । 

उनले भारतको नासिक त्रयम्बकेश्वर मन्दीरमा पुगेर फिल्मको लागि पूजा गरेका हुन् । प्रदीपले सामाजिक संजालमा भिडियो शेयर गर्दै फिल्ममा काम गर्न लागेको जानकारी समेत दिएका छन् । 

उनले, सेतो धोती र गम्छा भिरेर पण्डितको मन्त्रअनुसार पूजा गरिरहेका छन् । फिल्मका निर्देशक दिपक वलीले पनि प्रदीपले फिल्मको लागि पूजा गरेको बताए । 

यो फिल्मका लागि नायिका वर्षा सिवाकोटी पनि फाइनल भैसकेकी छिन् । वर्षा प्रदीपको अपोजिट रहने वा नरहने भन्ने बिषयमा फाइनल भैसकेको छैन । फिल्मम महेश दवाडीको पटकथा तथा संवाद छ ।

सुनिल बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा सौरभ लामाको छायांकन, एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको एक्सन रहनेछ । प्रदीपले अभिनय गरेका ‘प्रकाश र प्रेमगीत ३’ यो बर्ष रिलिज भएका थिए ।