‘ज्याकीः आई एम ट्वान्टी वान’मा धिरजले दिन सक्छन् सरप्राइज ?

वैशाख २१ गतेबाट रिलिज हुने चर्चा भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’मा नायक धिरज मगरले सरप्राइज दिन सक्ने अनुमान लगाउन सकिन्छ । पहिलो र दोश्रो फिल्ममा चलकेटी प्रेमीको भूमिकामा देखिएका धिरज तेश्रो फिल्ममा भने डान्सरको भूमिकामा देखिदैछन् । 

फिल्मको फस्टलुक त सार्वजनिक गरिएको छैन । तर, रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको यो फिल्मबाट धिरजले फिल्म क्षेत्रमा नयाँ आशा छाड्न सक्ने चर्चा चलेको छ । 
यो फिल्ममा धिरजको साथमा जसिता गुरुङको मुख्य भूमिका छ । लभ स्टोरी फिल्ममा काम गरिरहेका  धिरजले डान्सरको भूमिकामा आफूलाई बलियो तरिकाले ढालेको निर्देशक राई बताउँछिन् । उनी, यो फिल्म धिरज र जसिताकै लागि विशेष हुने बताउँछिन् । 

धिरज विगत केही दिनदेखि फिल्म ‘भगवत् गीता’को छायांकनमा व्यस्त भैरहेका छन् । उनी फिल्म ‘बाबरी’ बक्स अफिसमा असफल भएपछि केही दबाबमा छन् ।