‘बिहे पास’बाट दयालाई नयाँ बर्षको सुखद सुरुवात गर्ने अवसर


प्रवेश पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘बिहे पास’ वैशाखको १ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको व्यापारले वि.सं २०८० सालको समेत सन्देश प्रवाह गर्छ । दयाहाङ राई, प्रकृति श्रेष्ठ, वुद्दि तामाङ, रवीन्द्र झा, शिशिर बाङ्देल लगायतका कलाकारको अभिनय रहेको यो फिल्मका प्रस्तुत कर्ता रोहित कट्टेल हुन् । 

फिल्म ‘बिहे पास’को टिजरले दर्शकको मन जितिसकेको छ । यसको सार्वजनिक नयाँ गीत पनि दर्शक माझ हिट छ । 

विशेषगत, यो बर्ष नायक दयाहाङ राईका फिल्मले राम्रो कमाई गरे । ‘कबड्डी ४, २ नम्बरी, के घर के डेरा, फूलबारी’ लगायतका फिल्मले गरेको व्यापारले पनि दयामाथि निर्माताको भरोसा बढेको हो । 

दयाले आउँदो बर्षको सुरुवातमै हिट फिल्म दिएर सुखद सुरुवात गर्ने अवसर समेत छ । फिल्मलाई लिएर दया आशावादी पनि छन् । विशेष गरि, दयाका फिल्मका कथावस्तु अर्गानिक हुने भएकाले पनि दर्शकले उनलाई र उनका फिल्मलाई मन पराइरहेका छन् । 

दया पनि यो फिल्मको कथावस्तु र निर्देशक प्रवेश पौडेलको काम राम्रो रहेकाले फिल्मले गतिलो व्यापार गर्नेमा ढुक्क छन् । यसमाथि, ७ बर्षपछि पर्दामा फर्किएकी नायिका प्रकृति श्रेष्ठ र दयाको जोडीले दर्शकलाई अझै रोमाञ्चित बनाउनेछ ।