दयालाई प्रश्न–‘यति धेरै भार बोकेर किन हिड्नुहुन्छ ?’


वैशाखको १ गते नायक दयाहाङ राईका २ वटा फिल्म रिलिज हुँदैछन् । यो मितिमा दया अभिनीत ‘बिहे पास र जारी’ हलमा लाग्दैछन् । यी दुई फिल्मको लागि प्रचारमा दौडनुपर्ने समयमा दया नयाँ फिल्म ‘नांगो गाउँ’को छायाङ्कनका लागि काभ्रेमा छन् ।

यो फिल्ममा दयाले मिरुना मगरसँग काम गर्दैछन् । फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कर्मको पनि मुख्य भूमिका छ । 

यो बर्ष दयाका आधा दर्जन फिल्म रिलिज भइसकेका छन् । दयालाई भाग्यमानी मान्नुपर्छ, किनकी यो बर्ष उनका ४ वटा फिल्म सुपरहिट भए । 

यसैले, पनि दयाको माग फिल्म क्षेत्रमा निकै बढेको छ । दयाले ‘नांगो गाउँ’को छायांकन सक्ने बित्तिकै राम बाबु गुरुङको नयाँ फिल्म र ‘हात्तीछाप’ नामक फिल्मको छायांकन गर्नुपर्नेछ । 

यसअर्थमा दया काँध भरी ठूलो भार बोकेर हिँडिरहेका छन् । दयालाई आखिर यति धेरै भार बोकेर हिँड्दा सहज लाग्छ त ? यो विषयमा उनी भन्छन्–‘म एक कलाकार हुँ । मैले जानेको काम नै यही हो । कहिलेकाही समय पनि यस्तै पर्दोरहेछ । नेपाली फिल्मको सुटिङका लागि सिजन हेर्नुपर्छ, रिलिजका लागि पनि सिजन नै हेर्नुपर्छ । तर, यस्तो पहिलो पटक भएको हो ।कोभिडको कारण सबैलाई गाह्रो अवस्था छ । तर, अवस्था गाह्रो छ भनेर हामीले पनि गाह्रै भएर हेर्नु भने हुँदैन । यो निरन्तर भइरहने प्रक्रिया हो । यसलाई सामान्य रुपमा हेर्दा नै ठीक होला ।’

दया कोभिडका कारण फिल्मको रिलिज मिति र छायांकन मिति जुध्न गएको तर्क गरिरहेका छन् । तर, उनको फिल्म क्षेत्रमा यति धेरै माग छ कि, उनलाई समय मिलाउन नै हम्मे हम्मे भइरहेको छ ।