‘बिहे पास’को गीत र ट्रेलर हिट, दया र प्रकृतिको जोडी होला त फिट ?


वैशाखको १ गतेबाट रिलिज हुन लागेका २ फिल्म ‘जारी र बिहे पास’मा नायक दयाहाङ राई मुख्य भूमिकामा छन् । 

यी दुवै फिल्मको प्रचारको मुख्य आकर्षण पनि दया नै हुन् । तर, फिल्म ‘जारी’का लागि दयाको दौडधूप गजबको छ । उनी, रियालिटी शोदेखि मिडिया अन्तवार्तामा कुदिरहेका छन् । 

तर, यता दयाको ध्यान अर्को फिल्म ‘बिहे पास’ तर्फ गएकै छैन । फिल्मकी नायिका प्रकृति श्रेष्ठ पनि अमेरिकामा रहेकाले प्रचारमा हिँड्न पाएकी छैनन् । निर्माण पक्षका लागि दया नै मुख्य भरोसा हुन् । 

‘जारी’ दयाका सबैभन्दा नजिकका २ व्यक्तिले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् भने राम बाबु गुरुङ यसका निर्देशक हुन् । यसैले, पनि दयामा ‘जारी’ मोह देखिएको हुनुपर्छ । 

एकै दिनमा एउटै कलाकारको २ वटा फिल्म रिलिज हुँदा कलाकारलाई गाह्रो त पर्छ नै । तर, यसमा कलाकारले दुवै फिल्मलाई सही तरिकाले प्रचार गर्न आवश्यक छ । तर, यसपटक दयालाई ‘जारी’ प्यारो हुँदा ‘बिहे पास’ ओझेलमा परेको देखिएको छ ।