दया र प्रकृतिको ‘बिहे पास’को व्यापार कस्तो छ ?


नयाँ बर्षको दिनबाट रिलिजमा आएको फिल्म ‘बिहे पास’ले दर्शकबाट मिश्रित समीक्षा पाएको छ । प्रवेश पौडेलको निर्देशनमा तयार भएको यो फिल्मले सरकारी जागिर खानका लागि एक पुरुषले गरेको संघर्षको कथा भन्छ । 

यो फिल्मले पहिलो दिन बक्स अफिसमा सुखद कमाई गरेको  थियो । फिल्मका लागि प्राप्त अधिकांश शोजमा दर्शकको अकुपेन्सी उच्च देखियो । निर्माणपक्षले फिल्मको व्यापार सार्वजनिक गरेको छैन । तर, फिल्मले पहिलो दिन अपेक्षा अनुसारकै व्यापार गरेको थियो ।

शनिबार भने फिल्मको व्यापार केही खस्कियो । शनिबारको बिदाको दिनमा शुक्रबारको जस्तो व्यापार नभएपनि निर्माता खुशी नै हुने अवस्था थियो । आइतबारदेखि भने फिल्मको व्यापारमा गिरावट आएको छ । 

आज सोमबारदेखि फिल्म ‘बुलाकी’ सबै हलबाट हट्दा फिल्म ‘बिहे पास’लाई भन्दा बढी फाइदा ‘जारी’लाई भएको देखिन्छ । 

फिल्म ‘बिहे पास’मा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका छ । प्रकृति ९ बर्षपछि फिल्म क्षेत्रमा फर्किएकी थिइन् । दयाको अर्को फिल्म ‘जारी’ पनि एउटै मितिमा रिलिज हुनुको घाटा ‘बिहे पास’लाई भएको छ ।