अनमोल र प्रदीप प्रतिस्पर्धी होइनन्, टिम हुन्: धिरज मगर

नायक धिरज मगरले अनमोल केसी, प्रदीप खड्का जस्ता नायकहरू आफ्नो प्रतिस्पर्धी नायक नभएको बताएका छन् । मिडिया कुराकानीका क्रममा उनले आफूले कुनै पनि नायकलाई प्रतिस्पर्धीको रूपमा नहेर्ने बताए । 

धिरज र नायिका जसिता गुरुङ अभिनीत फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ वैशाखको २१ गतेबाट रिलिज हुँदै छ । यो फिल्मको प्रचारका क्रममा रहेका धिरजले भने–‘मिडियामा जे जस्ता कुरा आए पनि आफूहरू टिम भएको बताए । किनकि, अनमोल, प्रदीप जस्ता नायकहरूलाई हेरेर नै म यो क्षेत्रमा आएको हुँ । यसैले, उहाँहरूबाट हामीले अझै धेरै कुरा सिक्न पाएका छौँ ।’

धिरज अभिनीत यो फिल्मको ट्रेलर अनमोल, प्रदीप जस्ता नायकहरूले सामाजिक सञ्जालमा शेयर गरेका थिए । धिरजले यो कुराले आफूलाई खुसी बनाएको बताए । उनले, आफूलाई अनमोल र प्रदीपसँग एउटै फिल्ममा काम गर्न कुनै समस्या नभएको समेत स्पष्ट पारे । 

फिल्म ‘आई एम ट्वान्टी वान’को कथावस्तु डान्सको मात्र नभएर वर्तमान अवस्थामा भविष्य खोजिरहेका युवायुवतीको समेत भएको धिरजको भनाई छ । 

रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्मले दर्शकलाई निराश नबनाउने धिरजले बताए ।