'किसी का भाई किसी की जान' समीक्षाको सार : झुर अनि बकवास

बलिउडमा साउथ फिल्मको रिमेक बनाउने चलन निकै पुरानो छ । तर त्यतिबेला धेरै कम दर्शकहरूलाई थाहा थियो कि बलिउडको कुनै खास फिल्म साउथ फिल्मको रिमेक हो। त्यतिबेला साउथ फिल्मको हिन्दी संस्करण पनि उपलब्ध थिएन । तर कोरोनाको समयमा दर्शकले ओटीटी र युट्युबमा साउथ पिल्मका हिन्दी डब गरिएका फिल्महरू धेरैले हेरे । यस्तो अवस्थामा अब साउथको हिन्दी रिमेक रिलिज हुनुअघि नै थाहा हुन्छ यो कुन साउथको फिल्मको रिमेक हो भनेर।

सलमान खानको ईदमा रिलिज भएको ‘किसी का भाइ किसी की जान’ तमिल सुपरस्टार अजित कुमारको २०१४ मा आएको फिल्म ‘वीरम’ को रिमेक हो। यो फिल्मको नाम जस्तै यसको निर्माणको कथा पनि निकै रोचक छ । निर्देशक फरहाद सामजी अक्षय कुमारसँग ‘बच्चन पाण्डे’ बनेर हिन्दीमा ‘वीरम’ बनाउन चाहन्थे । तर पछि उनले अर्को तमिल फिल्म ‘जिगरथण्डा’ मा ‘बच्चन पाण्डे’ बनाए, जुन बक्स अफिसमा फ्लप भयो । त्यसपछि फरहाद सामजीले सलमानलाई ‘वीरम’ को स्क्रिप्ट देखाए, जसलाई यति मन पर्यो कि उनले यसलाई ‘कभी ईद कभी दिवाली’ शीर्षकको फिल्म घोषणा गरे, जुन अन्ततः ‘किसी का भाइ किसकी जान’ बन्यो।

फिल्मको कथा अजित कुमारको फिल्म ‘वीरम’को जस्तै छ । भाइजान (सलमान खान)ले आफ्ना तीन भाइको जिम्मेवारीका कारण विवाह गदैनन् । वास्तवमा भाइजानले तीन अनाथ बालबालिकालाई भाइको रूपमा हुर्काए हुन्छन् । भाइजान पनि आफ्नो र भाइको बिहेको विरुद्धमा छन्, ताकि ती भाइहरूको बीचमा अरू कोही नआओस्। तर भाइजानका भाइहरू दाजुको विवाह गर्न चाहन्छन् । किन कि उनीहरू आफ्नी प्रेमीकाहरूसँग घर बसाउन सकून्। यसका लागि उनीहरुले हरसम्भव प्रयास गरिरहेका छन् ।

एक दिन हैदराबादकी भाग्यलक्ष्मी (पूजा हेगडे) भाइजानको जीवनमा प्रवेश गर्छिन्। भाग्यलक्ष्मी भाइजानलाई मन पराउँछिन् तर भाइजान उनीबाट टाढा भाग्छन्। तर, बिस्तारै उसलाई मन पराउन थाल्छ । एक दिन उनीहरूले भाग्यलक्ष्मीको जेठो भाइ अन्नय (वेंकटेश दग्गुबाती) समस्यामा परेको थाहा पाउँछन्। त्यसपछि भाइजान र भाइहरू भाग्यलक्ष्मीको परिवारलाई मद्दत गर्न पुग्छन्। के भाइजान र भाग्यलक्ष्मीको पुनर्मिलन होला ? यो जान्नको लागि तपाईहरु फिल्महल सम्म जानुपर्छ ।

फिल्मका निर्देशक फरहाद सामजीले १० वर्ष पुरानो कथामा निकै कमजोर स्क्रिप्टमा यो फिल्म बनाएका छन् । फिल्मको साढे दुई घन्टाभन्दा कम समयमै उनले यति धेरै मसला हालेका छन कि फरहाद आफैंलाई त्यसलाई सम्हाल्न गाह्रो भएको छ । पक्कै पनि यो फिल्मलाई अजित कुमारको ‘वीरम’सँग तुलना गरिनेछ । ‘वीरम’को कथाले दर्शकलाई बाँधेको थियो र यसमा खासै नाटक भने थिएन । तर, यहाँ सलमानले फिल्ममा ठूलो स्टारकास्ट थपेका छन्, जुन कहिलेकाहीँ झन्झटिलो हुन्छ । ‘किसी का भाइ किसकी जान’ को कथाले अन्तरालसम्म पूर्ण गति लिन सकेको छैन । जहाँ अन्तराल पछि पनि खासै दर्शक बाँधने खालको कथा भने छैन।

नयाँ युग अनुसार यो फिल्मको कथा बकवास लाग्छ । साथै, यस फिल्मका गीतमा सलमान अनौठो ढंगमा नाचिरहेका पनि देखिन्छन् । फिल्मको ‘नइयों लगदा’ र ‘बिल्ली बिल्ली’ गीत पक्कै हिट भए पनि बाँकी गीतले काम गर्न सकेनन् । फिल्ममा सलमान आफ्नो ट्रेडमार्क शैलीमा ओभरएक्टिभ छन्, जबकि पूजा हेगडे फेरि बलिउडमा अर्को हिट फिल्मको लागि संघर्ष गरिरहेको देखिएकी छिन्। यद्यपि वेंकटेश र जगपति बाबु उनीहरूको भूमिकामा जेमेका छन्। फिल्ममा बाँकी कलाकारको खासै काम छैन भन्दा हुन्छ।

एक्शन, ड्रामा, कमेडी रहेको दुई घण्टा २४ मिनेट यो फिल्ममा सलमान खान, पूजा हेगड़े, वेंकटेश, जगपति बाबू, भूमिका चावला, जस्सी गिल, राघव जुयाल, पलक तिवारी, शहनाज गिललगायतको अभिनय  छ । 

यदि तपाई सलमान खानको ठुलो फ्यान हुनुहुन्न भने फिल्म ‘किसी का भाइ किसीकी जान’ हेरेर आफ्नो पैसा बर्बाद नगर्नु राम्रो हुन्छ ।