दया र मिरुनाको ‘नाङ्गो गाउँ’ भदौ २९ बाट रिलिज हुने


महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै फिल्म ‘नाङ्गो गाउँ’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई भदौको २९ गतेबाट विश्व बजारमा रिलिज गर्ने तयारी  निर्माण पक्षले गरेको छ । 

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर बाङ्देल, वुद्दि तामाङ, रवीन्द्र झाको मुख्य भूमिका छ । 
हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी छ । सार्वजनिक फस्टलुकमा निर्माण पक्षले कुनै पनि कलाकारको तस्विर प्रयोग गरेको छ । 

पोस्टर हेर्दा राजनीतिक पृष्ठभूमिमा फिल्म बनेको अनुमान लगाउन सकिन्छ । फिल्म ‘कबड्डी ४ र जारी’ चलेपछि दया र मिरुनाको जोडीको चर्चा पनि ह्वात्तै बढेको छ । यसैले, यो फिल्मप्रति दर्शकको चासो पनि फस्टुलक सार्वजनिक भएसँगै बढ्ने निश्चित छ । मनिष्मा फिल्मसको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।