ज्ञानेन्द्र देउजा भन्छन्–‘रेखा र पूजा बाहेक फिल्ममा कोही भित्रिएको छैन, बाहिरिएको पनि छैन’


निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘झिङ्गे दाउ’पछि आफूमाथि दर्शकको झनै बढी अपेक्षा थपिएका कारण नयाँ फिल्मको स्क्रिप्टमा मिहिनेत गरिरहेको बताएका छन् । रेखा थापाको निर्माणमा तयार हुने फिल्मलाई ज्ञानेन्द्रले निर्देशन गर्दैछन् । यो फिल्मको कथावस्तुमा रहेका देउजाले फिल्ममा नायिकाको रुपमा रेखा थापा र पूजा शर्मा मात्र फाइनल भएको बताए । 

उनले भने–‘कोही कलाकारसँग एक दुइपटक चिया गफ गर्दैमा फाइनल भएको भन्ने चर्चा चल्छ । हाम्रो फिल्ममा रेखा र पूजा बाहेक न कोही भित्रिएको छ, न कोही बाहिरिएको छ । यसैले, अहिले नै तेश्री नायिकाको को हुने भनेर निर्णय  लिएका छैनौं ।’

देउजाले फिल्मको कथा लेख्दै जादा २ वटा मात्र नायिका लिएर पनि बनाउन सक्ने वा ४ वटा नायिका पनि हुन सक्ने बताए । यसैले, पहिला फिल्मको कथा लेखेर सकेपछि मात्र कलाकारको लाइनअप फाइनल गर्ने उनको भनाई छ । 

उनले, रेखा थापा र पूजा शर्मा नेपाली फिल्म क्षेत्रमा  दर्शक तान्न सक्ने कलाकार भएको बताए ।