‘नाङ्गो गाउँ’को अष्ट्रेलिया राइट्स महंगो रकममा विक्री


फिल्म ‘नाङ्गो गाउँ’को छायांकन अझै सकिएको छैन । तर, यसको विदेशमा माग भने चर्को छ । दीपेन्द्र लामाको निर्देशन तथा हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्मको अष्ट्रेलिया राइट्स विक्री भएको छ । अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले यो फिल्मको अधिकार खरिद गरेको हो । यो फिल्मको अझै पनि २० प्रतिशत छायांकन हुन बाँकी नै छ । 

फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्म, वुद्दि तामाङ, रविन्द्र झा, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ । फिल्मको प्रदर्शन मिति भदौको २९ गतेलाई तोकिएको छ । फिल्मलाई अष्ट्रेलियामा पनि भदौ २९ गते नै रिलिज गर्ने योजना बनाइएको छ ।

निर्देशक लामाका अनुसार, उनकै निर्देशनमा तयार भएको फिल्म ‘२ नम्बरी’को भन्दा महंगो मुल्यमा यो फिल्म अष्ट्रेलियामा विक्री भएको हो । फिल्मको टिम, कलाकार, निर्देशकमाथि विश्वास गरेर आफूहरुले फिल्म खरिद गरेको एमएसएमका छत्र थापाले बताए ।