‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ बने समा र शिशिर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Mister%2520and%2520Miss%2520National%2520Nepal%25202023_q4AmFSNYjZ_b077nfif94yyjoi6nqdczyb5dd8je7nvlvtzwvdipdlaiyhnedohck8iijfa_ulLUPUj8z0_m6dh1bzzge1xz6sxzrenig2k5ahlgkplqkwdxzswlsb4zrwtyunripncesmq.jpg)
सनुर्भी इन्टरनेसनल प्रालिको आयोजमा सम्पन्न ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ को उपाधी क्रमशः शिशिर वाग्ले र समा पराजुलीले जितेका छन् । काठमाडौंमा बुधवार बेलुकी भएको प्रतियोगितामा ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्वल ताम्राकार घोषित भए । यी मध्ये ’मिस्टर एण्ड मिस नेसनल नेपाल’ का विजेताले ’मिस्टर एण्ड मिस सुप्रानेसनल’ मा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् भने अन्यले सोही शिर्षक अन्तर्गतको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे र तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बु घोषणा भए ।
समरोहमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले नेपाललाई अन्तर्राष्ट्रीय मञ्चमा चिनाउन शुभकामना आग्रह गर्दै प्रतियोगीलाई शुभकामना दिए । ‘प्रतियोगिताका विजयीले आफूलाई अन्तर्राष्ट्रिय स्टेजमा अब्बल सावित गर्न सक्नुहोस् शुभकामना छ । तपाइँहरूसँग हामी छौँ । देश चिनाउने अभिनयमा अगाडी बढ्न आग्रह गर्छु’,मन्त्री लिम्बुले भन्नुभयो । उनले बजेटको विषयमा भईरहेको छलफलबाट समय निकालेर युवाको गतिविधीमा सहकार्य गर्न र प्रोत्साहन गर्न कार्यक्रममा आएको बताउदै आफ्नो मन्त्रालयलाई खेलकुदमा मात्र जोडेर नबुझ्न आग्रह गरे ।
‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कारले सहभागी सम्पूर्णको भविष्य उज्वलदेखेको बताए । ‘म एकसातादेखी नेपालमा छु । प्रतियोगीको लगनशीलता र मेहनत देखेर म प्रभावित भएको छु । नेपालमा यसको सुरुआत गरेर प्रतियोगीलाई अन्तर्राष्ट्रिय यात्रा गराउने आयोजकलाई धन्यवाद’, मौलिङ्ग्कारले भने ।
कार्यक्रम आयोजक डाक्टर सन्तोष उपाध्यायले आफैँ ‘मिस्टर सुप्रानेसनल’ मा सहभागी भएकाले युवाको लागि मञ्चको निर्माण गर्नुपर्छ भन्ने लागेर प्रतियोगिताको सुरुआत गरेको जानकारी दिए । ‘म विदेशमा पुगेर तेस्रो उपविजेता बन्न सक्छु भने म भन्दा ट्यालेन्ट नेपाली धेरै छन् । उनीहरुको प्रतिभालाई स्टेजसम्म ल्याउने कोशिश गरेको हुँ । मेरो उदेश्य अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पु¥याउने र जिताउने हो’,डा. उपाध्यायले भन्नुभयो । सोको कोच तथा कोरियोग्राफर प्रशान्त ताम्राकार थिए ।
प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिएँ । त्यसबाट छानिएका अन्तिम सातबाट विजेता चयन भएका हुन् ।
![‘ड्रेस टू इम्प्रेस’ सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/fashion%2520show_Y1Erb8JBrX_gc1boecahnigixcybbnbuldwaukhw5snhplltxunckvjklwaldulskqvnspb_6X5f9wfYly_kkwbkopjyt1e0rkhmylbjvdeydlbiika41wfo7bhmsmvwdq0wlvl3cbmvqkz.jpg)
‘ड्रेस टू इम्प्रेस’ सम्पन्न
![मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/miss_nepal_home_9c7oNxauTR_maxyqfletrzoedatj2vbnqfezburnerqakarh6zkuyn6de2uswa4hplmrkk7_ONQfsdBZQb_ji8eebatxkbcewyus5ceyykqijuuk9va0fyfalu3eq3nzg7ejipmdtobq2is.jpg)
मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न
![विधि लम्सालले जितिन ‘मिस नेपाल पिस’को उपाधि](https://snowberry.prixacdn.net/media/gallery_folder/Miss-Nepal-Peace2024_5gWGJ9tPVs_qnddkugbwqfm9vausgpsk0lhd2uhm2brhdts4el59kziizjtolkq1mioihpm_9zW2XfAQqq_de4qc2rt4hdu2ochwydc996nusmc7oo2wearghpbgui3px0p5deeoir3oy2j.jpg)
विधि लम्सालले जितिन ‘मिस नेपाल पिस’को उपाधि
![‘स्विम वेयर’मा देखिए ‘मिस्टर एण्ड मिस नेसनल नेपाल’का प्रतिस्पर्धी](https://snowberry.prixacdn.net/media/gallery_folder/miss%2520beauty_r2ByrW90O0_pkbzylpm6vmvogmyc6hectmjbm7wdlkyhmctaqyjt7i9sp9itipffatmiv6u_uhjz7GnqEG_znrelxyon9qwt2infsqyznye3trcieabrbcebye5dnbcfqnbfatggmzmq7jl.jpg)
‘स्विम वेयर’मा देखिए ‘मिस्टर एण्ड मिस नेसनल नेपाल’का प्रतिस्पर्धी
![‘आइसी डिजाइनर रन वे’मा प्रियंकादेखि दीपिकासम्मको क्याटवाक](https://snowberry.prixacdn.net/media/gallery_folder/priyanka%2520karki_kF3txJhuaK_5hgzo4ovxiojk5vw5dswpzirxlcncyodrgbalgnmpwibhygmezwbxc8xggd3_Ww7rm0DPUQ_1pfrehzg8pdjxa0i05pylat8qvxkmvsecqexrgdfviizlrkmjk3gtboexyic.jpg)
‘आइसी डिजाइनर रन वे’मा प्रियंकादेखि दीपिकासम्मको क्याटवाक
![पृथ्वीया नेपालको प्रतिनिधित्व गर्दै अमेरिकातर्फ](https://snowberry.prixacdn.net/media/gallery_folder/3%2520(1)_w8RNEt02Vp_ydjcfjrpbcs3p3nllqzws14tt1t6gu9qzxt6ycjifzo1ewc1lygxinldqrvq_CqzCdSNvQa_eljenekml2bzx97k9ckdqvyabat6umrxfsfovvzcufbw0fjzjrnimuzcob4m.jpeg)
पृथ्वीया नेपालको प्रतिनिधित्व गर्दै अमेरिकातर्फ
!['मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/411265941_286274510734368_5170300089876149061_n_h58PIBE2nr_g5xyjlnazq43oaql5r5dbjxhtylvbmwx8ntqb7vabx92hkwrdonzajja295t_Gb6RO7OUop_hczqh9umfd73t1xbzqp8niky9u6uvbmgsyiv1dpkpv3ybnpciweoimxykxeo.jpg)
'मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने
![‘मोडल हन्ट नेपाल २०२३’ मा ३८ प्रतियोगी छनोट](https://snowberry.prixacdn.net/media/gallery_folder/fashion%2520show_FurvYowrdV_2da33lp1vwllq1iks3dbmb7p1xtgj0o57qz8tivvcnujphtxbrjlhgflfaew_13d41fg1wY_6el2jsmnfenqcostjnh1hrhdvdnblkdvneilvbr3h9jg7qotbsya8eyxm19h.jpg)
प्रतिक्रिया