अमेजन प्राइमको ‘म्युजिक वेव सिरिज’मा अदिती


नेपाली फिल्मकी नायिका अदिती वुढाथोकी लामो समयदेखि भारतमा रहेर मोडलिङ गरिरहेकी छिन् । ‘कृ र बाबरी’ नामक २ फिल्ममा काम गरेकी अदितीले भारतमा रहेर केही म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । उनै अदितीले अमेजन प्राइमबाट रिलिज हुन लागेको ‘म्युजिक वेव सिरिज’मा काम गरिरहेकी छिन् ।

यो वेव सिरिजमा उनी मुख्य नायिकाको रुपमा देखिदैछिन् । नितिन गावडेले निर्देशन गरिरहेको यो वेव सिरिजको १ देखि ३ भागसम्म अदितीले काम गरेकी छिन् । यो वेव सिरिजको छायांकन विनोद प्रधानले गरिरहेका छन् । 

अदितीले अब नयाँ नेपाली फिल्ममा समेत काम गर्ने तयारी गरेकी छिन् । उनले, आफ्नै होम प्रोडक्शनमा बन्ने नयाँ फिल्म ‘बाबरी २’मा काम गर्ने तयारी गरेकी हुन् । यो फिल्मलाई भदौदेखि छायांकनमा लैजाने तयारी निर्माताको छ ।

गतबर्ष रिलिज भएको फिल्म ‘बाबरी’का गीतसंगीतले खुबै चर्चा पाए । तर, फिल्मले अपेक्षित सफलता नपाएपछि अदिती नयाँ फिल्मका लागि एक बर्षयता वर्कआउट गरिरहेकी छिन् ।