बोर्ड अध्यक्ष भन्छन्–‘दोलखामा फिल्म स्टूडियो म र मेरो छोराको पालामा पनि बन्दैन’

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाल सरकारले दोलखामा बनाउने भनेर बजेट छुट्टाएको फिल्म स्टूडियो आफ्नो पालामा मात्र नभएर आफ्नो छोरा अनमोल केसीको पालामा पनि नबन्ने दाबी गरेका छन् ।
चलचित्र पत्रकार संघले आयोजना गरेको ‘बजेटमा चलचित्र उद्योग’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केसीले दोलखाको फिल्म स्टूडियो आफ्नो नातीको पालामा भने बन्न सक्ने बताए । उनले भने–‘बजेट सुन्दै जाँदा स्टूडियोको अवधारण सुनेर खुशी लागेको थियो । किनकी, स्टूडियो नेपाली फिल्मका लागि अपरिहार्य नै बनेको छ । तर, अर्ब भन्दा बढी लाग्ने स्टूडियोका लागि सरकारले हरेक बर्ष २–४ करोड मात्र छुट्याउने गरेको छ । यसरी, दोलखाको स्टूडियो कसरी बन्छ ?’
उनले नेपाल सरकारले एउटा फिल्म स्टूडियो बनाउने बजेट पनि किन नदिएको होला भनेर प्रश्न गरे ? सरकारले नेपाली फिल्म क्षेत्रलाई वेवास्ता गरेको भुवन केसीको आरोप थियो ।
नेपाल सरकारको फिल्म सम्बन्धी एक मात्र सरकारी संस्थाको अध्यक्षको रुपमा रहेका केसीले काभ्रेमा सानो मात्र भएपनि फिल्म स्टूडियो बनाउन पाए राम्रो हुने तर्क गरे । उनले काभ्रेको स्टूडियो बनाउनका लागि पनि बन मन्त्रालयले अवरोध खडा गरेको अन्तरक्रियामा सुनाएका थिए ।
अध्यक्ष केसीले बालाजुमा रहेको एनएफडीसीको स्टुडियो खोई भनेर प्रश्न पनि गरे ? उनले भने–‘हामी सबैलाई आत्मबोध हुने एउटा सानो भएपनि एनएफडीसी स्टूडियो थियो । त्यो कहिले कहाँ छ । यसको पनि खोजी गर्नुपर्ने अवस्था छ ।’
अध्यक्ष केसीले फिल्म क्षेत्रका सबै संघसंस्थासँग सहकार्य गर्र्दै अगाडि बढ्न आफू तयार रहेको स्पष्ट पारे । उनले, फिल्म क्षेत्रको विकासका लागि आफू मर्न पनि तयार रहेको सुनाए । उनले, ‘राष्ट्रिय चलचित्र नीति पास’ नभएसम्म नेपाली फिल्म क्षेत्रको विकास नहुने स्पष्ट पारे ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

दशैं र तिहारः ठूलो हिन्दी फिल्म भर्सेस प्रतिक्षित नेपाली फिल्म

जो चले, टिमवर्कले चले

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

असोज २६ मा बासेन्जी

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

प्रतिक्रिया