शनिबार ‘नीरफूल’को सुखद व्यापार


शुक्रबारदेखि रिलिजमा आएको नायक दयाहाङ राई अभिनित फिल्म ‘नीरफूल’को व्यापार शनिबार सुखद देखियो । वैशाख १ गतेपछि रिलिजमा आएका फिल्महरुले गतिलो व्यापार नगरिरहेको समयमा शनिबार दर्शकको राम्रो चाप हलमा देखिएको थियो ।

फूलमान बल निर्देशित यो फिल्ममा दयाको साथमा शान्ती वाइबाट, वुद्दि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय छ । 

शनिबारको व्यापारले आफूहरु उत्साहित भएको निर्देशक फूलमान बलले जानकारी दिए । दर्शकले फिल्मको प्रस्तुति र लोकेशनलाई मन पराएको उनको भनाई छ । निर्देशक बलले शनिबारको मायाका लागि दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

नायक दयाहाङ राइले आफूले काम गरेका फिल्महरुको सूचीमा ‘नीरफूल’ अग्रपंक्तिमा आउने तर्क गरे । फिल्ममा पटकथा सचिन घिमिरे र फुलमान बलको छ । प्रमोद कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत छ । 

फिल्मले भूकम्पको कारण धादिङको रुवी भ्यालीमा बस्दै आएको एक तामाङ परिवारले भोगेको कथालाई प्रस्तुत गरेको छ ।