कृषाको फिल्ममा प्रदीपलाई अफर

निर्देशक कृषा चौलागाँइले अभिनेता प्रदीप खड्कालाई नयाँ फिल्मको अफर गरेकी छन् ।

मेरो फिल्मलाई प्राप्त जानकारी अनुसार कृषाको अन टाइटल प्रोजेक्ट फिल्मकालागि प्रदीपलाई अफर गरी सकिएको छ ।

कृषाको यस अघि ‘एैंचो पैँचो’को प्रदर्शन मिति तय भइसकेको र हाल यसैको प्रचार प्रसारको काममा व्यस्त रहेकाले प्रदीपबाट जबाफको प्रतिक्षमा रहेको  बुझिएको छ । तर, प्रदीपले यो फिल्मकालागि ग्रिन सिग्नल दिइसकेको अवस्था भने छैन ।

अब प्रदीपले कृषाको यो अफर स्वीकार गर्दै काम गर्छन् या गर्दैनन् त्यो त पछिका दिनमा थाहा भैइ हाल्ने छ । यदि प्रदीपले हुन्छ भनेको खण्डमा फिल्मको छायाकंन अगामी दशै पछि गर्ने कृषाको तयारी छ । 

यता प्रदीप  ‘कामिनो’को छायांकनका लागि तयारी गरिरहेका छन् । यसको छायांकन असारको १५ गतेबाट सुरु गर्ने तयारी भइरहेको छ । हालै सार्वजनिक भएका समाचार अनुसार प्रदीप दिनेश राउतले निर्देशन गर्न लागेको नयाँ फिल्ममा पनि पल शाहसँग एकसाथ पर्दामा देखिने तयारीमा रहेका छन् ।