‘हात्तीछाप’को वर्कशपमा जोडिए दया र उपासना, २१ गतेबाट छायांकन सुरु हुने


सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हात्तीछाप’को वर्कशप सुरु भएको छ । आजदेखि सुरु भएको वर्कशपमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत सहभागी भए । 
४ दिन वर्कशप गरेपछि फिल्मको छायांकन सुरु गरिने निर्माता किरण नेपालीले जानकारी गराए । 

फिल्मलाई सामाजिक कथावस्तुमा तयार गर्ने किरणको भनाई छ । यो फिल्मको छायांकन असारको २१ गतेबाट सुरु हुनेछ । फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । प्रदीप र सिमोस केही दिन बुढानिलकण्ठ को एक होटलमा बसेर फिल्मको कथा फाइनल गरेका थिए । 

यो फिल्ममा नायक सौगात मल्लको पनि मुख्य भूमिका रहनेछ । तर, सौगातले भने फिल्मको छायांकनमा साउन लागेपछि मात्र आफूलाई जोड्नेछन् । यो फिल्ममा सुशन प्रजापतिको छायांकन रहनेछ ।

फिल्ममा दया, सौगात, उपासनाको साथमा विल्सन विक्रम राई, गौरव पहारी, वुद्दि तामाङ, विजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रवीन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाल लगायतका कलाकारको अभिनय रहनेछ । 

यो फिल्मको छायांकन काठमाडौं र पोखरामा हुने निर्माणपक्षले बताएको छ ।