‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट
![](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_9676_qkKnJrD1iZ_yxzhu55uo64ykixpkw2au17o1l5gcf9x1twthnzw9sgqxrvgbaxovzgd61gy_USW7sCyzjo_9lgohes6ltzkbhtd6poppqds8slfehh6umsclw9anzidvr71s0hu3xme5nlj.jpg)
एउटै स्टेजमा ४ विजेता छानिएका छन् । ‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’ को मञ्चमा सिनियर र जुनियर कोटा र केटी गरेर एकसाथ ४ विजेता चुनिएका हुन् ।
प्रतियोगीताको जुनियर केटा तर्फ एलभिन प्रजापति र सिनियर केटा तर्फ सुभांक हुमागाई विजेता बन्दा केटी तर्फ जुनियरमा ग्लोरिया बैदार र सिनियर तर्फ सोनिया श्रेष्ठ विजेता घोषित भए ।
होटल सारथी रिसोर्ट धुलिखेलमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा जुनियर केटा तफ रुक्सन न्यौपाने फष्टरनअफ र विनिस तामाङ सेकन्ड रनरअप चुँनिदा सिनियर कोटातर्फ वाङ्जु लामा फष्टरनरअफ र आरएस कार्की सेकेन्ड रनरअफ भए ।
प्रतियोगीतामा जुनियर केटीतर्फ रिमा महतो फष्ट रनरअप र जेनिफर पराजुली सेकेन्ड रनरअप घोषित हँुदा सिनियर केटी तर्फ बन्दिका न्यौपाने फष्ट रनर अफ र आयुसा रायमाझी सेकेन्ड रनरअप भइन् ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रयोजन रहेको प्रतियोगिताको फाइनल स्पर्धामा इन्दु थापा (कार्यकारी निर्देशक तथा प्रिन्सिपल बेलर इन्टरनेशनल स्कुल), अशोक पाण्डे (निर्देशक तथा प्रिन्सिपल सेमरक निष्ट वल्र्ड स्कुल), डा. केबी मानन्धर (सह–प्राध्यापक काठमाडौं युनिभर्सिटी), सन्त कुमार श्रेष्ठ (भाइस प्रिन्सिपल काभ्रे इङ्लिस सेकेन्डरी स्कुल), रजना प्रधान श्रेष्ठ ( फाउन्डर तथा प्रिन्सिपल बालबाटिका बिद्यामन्दिर हायर सेकेन्डरी स्कुल), लव कार्की (संचारकर्मी) लगायत निर्णायक रहेका थिए ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए ।
फैजु बिगत १२ बर्षभन्दा लामो समयदेखि गुणस्तरिय राष्ट्रिय तथा अन्तराष्ट्रिय सौदर्य प्रतियोगीतामा आयोजना गर्दै आएका छन् । प्रतियोगीताको डान्स कोरियोग्राफर संयुक्त स्थापित रहेका थिए ।
७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तराष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर उपहारका रुपमा प्राप्त गरेका छन् ।
प्रतियोगीतामा चिफ गेष्टको रुपमा काठमाडौ महानगरपालिकाको उपमेयर सुनिता डंगोल सहभागी थिइन् । कार्यक्रममा डंगोलले प्रतियोगीताको मैदानमा उत्रिएपछि जित र हारलाई सामान्य मान्नुपर्ने बताइन् । उपाधि जित्नु मात्र उपलब्धिको रुपमा नभएको भन्दै प्रतियोगीतामा सिकेको सिप र ज्ञान जीवनमा सधै काम लाग्ने र यसलाई ठुलो उपलब्धि ठान्नुपर्ने उनको धारणा रहेको थियो ।
![‘ड्रेस टू इम्प्रेस’ सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/fashion%2520show_Y1Erb8JBrX_gc1boecahnigixcybbnbuldwaukhw5snhplltxunckvjklwaldulskqvnspb_6X5f9wfYly_kkwbkopjyt1e0rkhmylbjvdeydlbiika41wfo7bhmsmvwdq0wlvl3cbmvqkz.jpg)
‘ड्रेस टू इम्प्रेस’ सम्पन्न
![मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/miss_nepal_home_9c7oNxauTR_maxyqfletrzoedatj2vbnqfezburnerqakarh6zkuyn6de2uswa4hplmrkk7_zCI43sK83H_8zxyqx1yjsq2wxelpesya5xeuiitp9x9s2bcdvbjlawi4um2g2iie3e8y4ps.jpg)
मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न
![विधि लम्सालले जितिन ‘मिस नेपाल पिस’को उपाधि](https://snowberry.prixacdn.net/media/gallery_folder/Miss-Nepal-Peace2024_5gWGJ9tPVs_qnddkugbwqfm9vausgpsk0lhd2uhm2brhdts4el59kziizjtolkq1mioihpm_AVh86cmufu_jkaiyqkw0b57r2a3iqaewt5c8qqv2szivnqtpztlvw6zvpchw3qkbflbixfh.jpg)
विधि लम्सालले जितिन ‘मिस नेपाल पिस’को उपाधि
![‘स्विम वेयर’मा देखिए ‘मिस्टर एण्ड मिस नेसनल नेपाल’का प्रतिस्पर्धी](https://snowberry.prixacdn.net/media/gallery_folder/miss%2520beauty_r2ByrW90O0_pkbzylpm6vmvogmyc6hectmjbm7wdlkyhmctaqyjt7i9sp9itipffatmiv6u_VliuB3UPHY_yrhy5smiqmbwuolxkmsuu3yxmpgzgahl8y7bicoscyjv7zjolhpr7pnrfnnk.jpg)
‘स्विम वेयर’मा देखिए ‘मिस्टर एण्ड मिस नेसनल नेपाल’का प्रतिस्पर्धी
![‘आइसी डिजाइनर रन वे’मा प्रियंकादेखि दीपिकासम्मको क्याटवाक](https://snowberry.prixacdn.net/media/gallery_folder/priyanka%2520karki_kF3txJhuaK_5hgzo4ovxiojk5vw5dswpzirxlcncyodrgbalgnmpwibhygmezwbxc8xggd3_TFAwrXPnwZ_wvbssjhal31savktlyijptz4nbr0acvozvq6xdmh4em3mseale9x7fagd9h2.jpg)
‘आइसी डिजाइनर रन वे’मा प्रियंकादेखि दीपिकासम्मको क्याटवाक
![पृथ्वीया नेपालको प्रतिनिधित्व गर्दै अमेरिकातर्फ](https://snowberry.prixacdn.net/media/gallery_folder/3%2520(1)_w8RNEt02Vp_ydjcfjrpbcs3p3nllqzws14tt1t6gu9qzxt6ycjifzo1ewc1lygxinldqrvq_i6BnajktAt_gglbvmpgl6rt8gyhz1kdlt7yfgsxuqo5zxq8p0xupt12kyd8pgyc2z6r9izt.jpeg)
पृथ्वीया नेपालको प्रतिनिधित्व गर्दै अमेरिकातर्फ
!['मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/411265941_286274510734368_5170300089876149061_n_h58PIBE2nr_g5xyjlnazq43oaql5r5dbjxhtylvbmwx8ntqb7vabx92hkwrdonzajja295t_THCpDmHUw8_56urjklx4evjbytj36dck22tqed7etglj5z9rsfv3f1g9bmiynuygmlskqup.jpg)
'मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने
![‘मोडल हन्ट नेपाल २०२३’ मा ३८ प्रतियोगी छनोट](https://snowberry.prixacdn.net/media/gallery_folder/fashion%2520show_FurvYowrdV_2da33lp1vwllq1iks3dbmb7p1xtgj0o57qz8tivvcnujphtxbrjlhgflfaew_1DUVWkmiY4_8xwfb2pdwhyjkuqpvfi0lpzowlgscbvbblzy2mq6mi6qfsccm4qp8itzchb7.jpg)
प्रतिक्रिया