मिसेस युनिभर्स २०२३ मा विमला

आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६ औं मिसेस युनिभर्स २०२३ प्रतियोगितामा लन्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन् ।
लन्डन फेसन हाउसले आइतबार ‘कोरोनेसन नाइट’ समारोहबीच ‘मिसेस नेपाल युनिभर्स २०२२’ की ‘फष्ट रनर अप’ बुढाथोकीलाई ‘मिसेस नेपाल युनिभर्स २०२३’ घोषणा गरेपछि उनी फिलिपिन्स जाने भएकी हुन् ।
बुढाथोकीलाई मनिषा डंगोल र ‘मिसेस नेपाल युनिभर्स २०२२’ की विजेता सन्नी शाहीले ‘मिसेस नेपाल युनिभर्स २०२३’ को क्राउन लगाइदिएका थिए ।
फिलिपिन्समा हुन गइरहेको ४६औं मिसेस युनिभर्स २०२३ मा सय भन्दा बढी मुलुकका मिसेस सुन्दरीहरुको सहभागिता रहने आयोजक संस्थाकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन् ।
उपाधिसंगै बुढाथोकीलाई आगामी अक्टोबरमा हुने प्रतियोगिताका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । उनले नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै उत्साहित रहेको र अब प्रतियोगिता तयारीमा लाग्ने बताइन् ।
सन् २०१० देखि बेलायत बस्दै आएकी विमलाले ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी छन् । क्याबिन क्रुको तालिम समेत लिएकी विमलाले नेपाल छँदा दुई वर्ष सिंगापुर एअरलाइन्समा काम गरेकी थिइन् ।
हाल उनी बेलायतको एक प्रतिष्ठित क्याफे चेन ‘प्रेट अ मंगर’ मा म्यानेजरका रुपमा कार्यरत छिन्। तीन वर्षीया छोरी र श्रीमानसहित बेलायत बस्दै आएकी विमला नेपाली समाजका विभिन्न इभेन्ट्स तथा सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासँग पनि सहकार्य गर्दै आएकी छन् । बेलायतमा समेत नेपाली कला, संस्कृतिलाई प्रवर्धन गर्ने उनको चाहना छ ।
लन्डन हयारोस्थित नेवा छेः मा आयोजित समारोहमा ‘मिसेस नेपाल युनिभर्स’का पूर्व प्रतिष्पर्धी सुन्दरीहरुले ‘क्याटवाक’ गरेका थिए । संगीतमय कार्यक्रम सुस्मिता थापाले सञ्चालन गरेकी थिइन् ।
यसपटकको प्रतियोगितामा विगतको जस्तो प्रतिष्पर्धा नगरिएको र प्रक्रियागत रुपमा नै आन्तरिक छनौट गरिएको आयोजक संस्थाकी मनिषा डंगोलले बताइन् ।

भेनेजुएला र जापानलाई ‘हेरिटेज् प्याजेन्टस् २०२३’को उपाधि

‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_Flnb6hvkKf_tjjkltifo5wrqvbozttvopctgdazspslrefgowwrwsxxasnm3xji5e09q40p.jpg)
मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_I7hZqAF7bl_msbhs0qchq9oshhggvdjerdojxtdasvgjfwkp4culmzcmrjopmnqlxurjzvw.jpg)
बबिराज फेस अफ द नेशन

प्रतिक्रिया