‘गोर्खा वारियर’को ट्रेलरमा गोर्खाली सेनाको विरताको कथा

‘गोर्खा वारियर’को ट्रेलरमा गोर्खाली सेनाको वीरताको कथालण्डन सिने आई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक भएको छ । फागुनको ११ गतेबाट रिलिज हुने यो फिल्मको लण्डनमा प्रिमियर पनि भइसकेको छ । 

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा सुमन राई र सुस्मिता वाइवाको निर्माताको रुपमा छन् । प्रशान्त वाइवा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुरेश राई सह–निर्माताको रुपमा छन् । 

यो फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, कविता आले, शिशिर बाङ्देल, रेयर राई, सुरज तमु लगायतका कलाकारको अभिनय छ । 

एलिस कार्की र सुरेश राइको संगीत रहेको फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको पटकथा, संवाद र लेखन छ । फिल्ममा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, रवीन्द्र न्यौपाने र बाबु श्रेष्ठको छायांकन छ । 

यो फिल्मले सन् १९४९ मा मलायाको जंगलमा नेपाली गोर्खाली सेनाले देखाएको वीरताको कथालाई प्रस्तुत गरेको छ ।