‘उपहार’को शिर्ष गीतमा रेखा, पूजा र बेनिशाको बियोगान्त कथा

रेखा फिल्मस् र कपनगढी फिल्मसको प्रस्तुतिमा तयार भएको फिल्म ‘उपहार’को शीर्ष गीत सार्वजनिक भएको छ । रविन भुसालको स्वर, प्रमोद ढुंगानाको शब्द, अर्जुन पोखरेलको संगीत रहेको ‘हारेको छैन’ बोलको गीत आज सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा फिल्मका सबै कलाकारहरूलाई भावुक अवतारमा देखाइएको छ । 

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा सुलभ प्रतीक र समीक्षा देउजाको लगानी छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राना, सुष्मा कार्की, अन्सु महर्जन लगायतका कलाकारको अभिनय छ ।

यो फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको  कोरियोग्राफी, विष्णु घिमिरे ‘कल्पित’को छायांकन, सुलक्षण भट्टराईको कथा छ । फिल्ममा सुलक्षणाको साथमा अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । 

फिल्मको यो गीतले दर्शकलाई भावुक बनाउने देखिएको छ । साथै, यो गीतको भिडियोले फिल्मका मुख्य पात्रहरूको चरित्र पनि देखाएको छ ।