जेठ १० बाट ‘पुजार सार्की’

दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखनमा तयार भएको फिल्म ‘पुजार सार्की’को प्रदर्शन मिति तय भएको छ । यो फिल्मलाई आउँदो बर्षको जेठ १० गतेबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । यो मितिमा यसअघि नै फिल्म ‘फर्की फर्की र दान्भी’का निर्माताले फिल्म रिलिजको घोषणा गरिसकेका छन् । 

फिल्मको प्रदर्शन मिति निर्माता र वितरकको सल्लाहमा तय गरिएको निर्देशक राउतको भनाई छ । यो फिल्मले जातीय विभेद विरुद्धको कथालाई प्रस्तुत गरेको छ । फिल्मको पोस्टरमा मुख्य नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई स्थान दिइएको छ । सार्वजनिक दुई पोस्टरमा उनीहरुको फरक–फरक लुक्स हेर्न सकिन्छ । 

फिल्ममा अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको डीओपी रहेको फिल्ममा सुप्रिम पराजुलीको सम्पादन छ । फिल्ममा हिमाल केसीको एक्सन, सुभाष भुसालको निर्माण तथा संगीत छ ।