के अनमोल र प्रदीपबिच सहकार्य हुन लागेको हो ?

नेपाली फिल्म क्षेत्रका स्टार नायक अनमोल केसी र स्टार निर्देशक प्रदीप भट्टराईबीच सहकार्यको काम अगाडि बढेको छ । उसो त, यी दुईले यसअघि पनि एकसाथ फिल्ममा सहकार्य गर्ने विषयमा कुराकानी नगरेका होइनन् । तर, उक्त समयमा यी दुबैविच सहकार्य हुन सकेन । 

शुक्रबार नायक अनमोल केसीले फिल्म ‘महाजात्रा’ले ब्लकबस्टर व्यापार गरेको पोस्टर शेयर गर्दै शुभकामना दिए । अनमोल सामाजिक संजालमा हत्तपत्त अरु फिल्म मेकरलाई शुभकामना दिदैनन् । तर, यसपटक भने उनले फिल्म ‘महाजात्रा’को सफलतामा खुशी साटेका छन् । अनमोलको यो शुभकामनालाई उनी र प्रदिपबिच सहकार्य हुन लागेको त होइन भन्ने कोणबाट पनि हेरिएको छ । 

अनमोल र प्रदीप दुबैले सहकार्यको संभावना सधैं रहेको बताएका छन् । मेरो फिल्मसँग कुरा गर्दै अनमोलले भने–‘म प्रदीप दाइसँग काम गर्न सधैं नै तयार छु । उहाँ जस्तो निर्देशकसँग सहकार्य गर्न पाउँदा म खुशी हुनेछु ।’

यता, निर्देशक प्रदीप भट्टराईले पनि अनमोलसँग सहकार्य गर्न उत्साहित रहेको बताए । उनले भने–‘अनमोल जस्ता स्टारसँग सहकार्य गर्न त म सधैं उत्साहित छु । हेरौं, समय पक्कै पनि आउँछ होला ।’

अनमोल र प्रदीपमा दर्शक पनि पक्कै उत्साहित हुनेछन् । वुझिएअनुसार, अनमोल र प्रदीपबीच एकसाथ काम गर्नका लागि कुराकानी अगाडि बढेको छ । यसपटक, दुबै जना सहकार्यका लागि उत्साहित रहेकाले स्टार निर्देशक र स्टार नायकले एकसाथ काम गरे भने अनौठो नमान्दा हुन्छ ।