नीति र रेअरको ‘खुजुरे ब्रो’ ट्रेलरः सहकारी घोटाला र पैसाको कथा

वैशाखको २८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’को ट्रेलर रिलिज गरिएको छ । रेअर राई, महेश त्रिपाठी, नविन मानन्धर, नीति शाह, विनिता थापा मगर, शान्तिला तामाङ, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, पवन लिम्बु लगायतका कलाकारले अभिनय गरेको यो फिल्मले कमेडीसँगै सामाजिक कथा पनि उठान गरेको छ ।

फिल्मको कथामा सहकारीको घोटालालाई समेत मुख्य बिषय बनाइएको छ । 

अनमोल गुरुङको संगीत, मित्र डी गुरुङको सम्पादन, शिशिर विसङ्केको छायांकन रहेको यो फिल्मलाई सुरज सुनुवारले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा नविन मानन्धर सुरज सुनुवारको लगानी छ । डाइमण्ड उप्रेति कार्यकारी निर्माता रहेको यो फिल्मको ट्रेलरमा खजुरे ब्रो नामक पात्रको जीवन कथा देखाइएको छ । 

यो फिल्म नायिका नीति शाहका लागि अझ विशेष छ । किनकी, यो नीति शाहको डेब्यू फिल्म हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नीतिले फिल्मको कथाको माग अनुसार आफूले काम गरेको बताइन् ।