जेठ १० बाट पोस्पोन्ड भएको ‘दान्भी’ असार ७ मा रिलिज हुने

जेठ १० गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘दान्भी’को नयाँ प्रदर्शन मिति तोकिएको छ । नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर फिल्मको नयाँ रिलिज मिति तय गरिएको हो । अब, यो फिल्म असारको ७ गतेबाट रिलिजमा आउने भएको छ । 

असारको ७ गते अहिलेसम्म कुनै पनि नयाँ फिल्मको प्रदर्शन मिति तोकिएको छैन । यसैले, ‘दान्भी’ले सोलो रिलिजको अवसर पाउनेछ । 

वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको  निर्देशक रुपेश तामाङले जानकारी दिएका छन् । यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रीय भूमिकामा छिन् । उनको साथमा फिल्ममा नव–नायक कुन्साङ बोमजोमको मुख्य भूमिका छ । 

देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । 

फिल्म ‘दान्भी’को टिजर गतबर्ष नै रिलिज गरिएको थियो । टिजरले दर्शकको उच्च साथ पाएको छ । एक्सनप्रधान यो फिल्ममा नायिका पूजा शर्माको एक्सनले चर्चा पाइरहेको छ ।