‘खजुरे ब्रो’मा नीतिको अनुहार मात्र विकाइयो

उसो त फिल्म ‘खजुरे ब्रो’ रिलिज हुन अझै दुई साता बाँकी छ । तर, यसको प्रचार सामाग्री भने धमाधम रिलिज भइरहेका छन् । यो फिल्मले आजसम्म जती हाइप पाएको छ त्यो नायिका नीति शाहकै कारणले मात्र पाएको हो । 

तर, फिल्मको प्रचार सामाग्रीमा भने नीति ‘सो–पिस’ मात्र देखिन थालेकी छिन् । यसैले, अहिले नीति अन्तरवार्ताहरुमा आफूले आउँदो फिल्ममा स्क्रिन स्पेश पनि बढाउने तर्क गर्न थालेकी छिन् । 

फिल्मको टिजर, गीतमा मात्र होइन अब यसको ट्रेलरमा पनि नीतिले गतिलो स्थान पाएकी छैनन् । नीतिको ट्रेलरमा एउटा मात्र संवाद छ । यसको अर्थ, फिल्ममा उनी केन्द्रिय भूमिकामा काम गरेका रेअर राइको प्रेमिकाको रुपमा मात्र देखिएको वुझ्न सकिन्छ । 

नीति आफैले पनि आफ्नो भूमिकाबाट सन्तुष्ट रहेको तर्क गर्दै आएकी छिन् । फिल्म कुनै एक व्यक्तिको कथा वरिपरी घुमेकाले आफूले ठूलो स्पेस नपाएको उनको तर्क छ ।
 
तर, यो फिल्म नीतिको डेब्यू भएकाले पनि उनी खुशी देखिएकी छिन् । तर, नेपाली फिल्म क्षेत्रमा संभावनाको आँखाले हेरिएकी नीतिको पहिलो फिल्ममै खुम्चिएको भूमिकाले उनलाई आगामी दिनमा सहज नबनाउने तर्क बजारमा हुन थालेको छ । 

निर्माणपक्षले फिल्मको प्रचारमा नीतिको नाम मात्र बिकाएको छ या फिल्ममा उनको भूमिका सशक्त छ, यसका लागि वैशाख २८ गते नै पर्खिनुपर्ने हुन्छ । तर, फिल्मको प्रचार सामाग्रीमा भने नीति ‘सो–पिस’ मात्र बनेकी छिन् ।