‘माइतीघर’का नायक सीपी लोहनीको निधन

नेपाली फिल्म ‘माइतीघर’का नायक सीपी लोहनी(चितम्बरप्रसाद लोहनी)को निधन भएको छ । उनको ८६ बर्षको उमेरमा आज निधन भएको हो । अल्जाइमर्सले पीडित सीपीको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । |


उनको पार्थिव शरीरको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’मा काम गरेपछि सीपीको फिल्म क्षेत्रमा छुट्टै स्थान बनेको हो । उनले, फिल्म ‘माइतीघर’को गीत समेत गाएका थिए । 

सीपी लोहनीले फिल्म ‘माइतीघर’की नायिका माला सिन्हासँग बिहे गरेका थिए ।