‘मनसरा’को ‘झ्यालको’ गीत रिलिज

उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको फिल्म ‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ रिलिज भएको छ । यो गीतले फिल्मको मर्म बताएको छ । झुमा लिम्बुको कम्पोजिसन रहेको गीतमा हर्क साउदको शब्द, सनुप पौडेल र झुमा लिम्बुको स्वर छ । 

‘मनसरा’ले नेपाली फिल्ममा हुने गरेको दृश्य कथाको खडेरीलाई सम्बोधन गर्ने विश्वास गरिएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानको मुख्य भूमिका छ । यो फिल्मले बाहुन बाजे प्रवीण र लिम्बुनी मिरुनाको सम्बन्धको कथा भन्छ । 

उपेन्द्र सुब्बाकै लेखन रहेको यो फिल्ममा शैलेन्द्र ध्वज कार्कीको लेखन तथा छायांकन छ । फिल्ममा विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा थीवन लिम्बुको सह–निर्माण छ ।

निमेष श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन रहेको फिल्म वैशाखको २१ गतेबाट रिलिजमा आउँदैछ । सिजन दाहाल फिल्मका कार्यकारी निर्माता हुन् ।