‘हिमालको छेउमा’ रमेश र दीपा

काठमाडौं- गायिका सरना श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘हिमालको छेउमा’ सार्वजनिक भएको छ । गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ । भिडियोमा अभिनेता रमेश उप्रेती र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला फिचर्ड छन् । भिडियोमा गायिका सरनाको पनि अभिनय छ । सरनाको नै कन्सेप्ट रहेको गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र नवीन निरौलाको सम्पादन छ ।