‘एक बचन बोल्दैमा’

काठमाडौँ- रक गायक सुदिप कुमार थकालीको गीत ‘एक बचन बोल्दैमा’ सार्वजनिक भएको छ । गीतमा थकालीको स्वर, अंशु लामाको शब्द, सङ्गीत तथा नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ ।

राम केसीले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडल द्वय उषा उप्रेती र लोमस शर्मालाई फिचर्ड गरिएको छ।