दर्शकको ‘घुइँचो’ लगाउछु – एलिजा गौतम

काठमाडौं- सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आरजे म्युजिक एन्ड फिल्मले फिल्म ‘घुइँचो’ निर्माण गर्न लागेको बताएको हो । सोमबार अपरान्ह नयाँ बानेश्वरको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा निर्माण टिमले एलिजाको जोडीको रुपमा कुन्साङ बोमजन र निर्देशकको रुपमा दीपेन्द्र लामालाई अनुबन्ध गरेको जनाएको हो ।फिल्ममा नवनायक कुन्साङ बोम्जन र अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा देखिने भएका छन् । म्युजिक भिडियो रमेका कुन्साङले यसै फिल्मबाट नायकको रुपमा डेब्यु गर्नेछन् ।

अभिनेत्री एलिजाले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले फिल्ममा काम गर्न तयार भएको बताइन् । सोही कार्यक्रममा उनले भनिन् ‘फिल्ममा काम गर्ने मेरो सानैदेखिको रहर थियो । मेरो पहिलो फिल्म ‘अनुराग’ जे जस्तो भएपनि धेरै कुरा सिक्ने मौका पाएको थिएँ । र, अब ‘घुइँचो’ मा एकदमै मिहिनेत गरेर काम गर्नेछु,’ उनले भनिन् । उनले उक्त कार्यक्रममा बोल्दै ‘घुइँचो’फिल्म बाट दर्शकको ‘घुइँचो’ नै लगाउछु भन्ने आशा गरेकी छु भनेर पनि भनेकी छन् । एलिजाले यसअघि आफैँले निर्माण गरेको फिल्म ‘अनुराग’बाट उद्योगमा डेब्यु गरेकी थिइन् । उनले पहिलो फिल्मको असफलताले धेरै कुरा सिकाएको बताउँदै हरेक क्षेत्रमा दोब्बर मेहनतका साथ काम गर्ने बताएकी हुन् ।