मनीषा कोराइलाले गरिन् बलिउड कलाकारको प्रशंसा

 

अभिनेत्री मनीषा कोइरालाले बलिउड कलाकार कंगना रणावत, आलिया भट्ट र रणवीर कपूरको प्रशंसा गरेकी छन् । हालै एक अन्तर्वार्तामा उनले यी बलिउड अभिनेतारअभिनेत्रीहरूको प्रशंसा गरेकी हुन् । मनीषाले अभिनयमा आलिया र कंगानाको काम उत्कृष्ट रहेको बताइन् । उनले कंगानालाई त ‘ब्रिलियन्ट’ नै भनेर तारिफ गरेकी छन् ।

मनीषाले कार्तिक आर्यन राम्रो र रणवीर कपूर महान् रहेको पनि बताइन् । ‘मैले आलिया भट्टको काम हेरिसकेकी छु, मलाई लाग्छ उनी मैले गरेको कामभन्दा धेरै अगाडि छिन्,’ मनीषाले अन्तर्वार्तामा भनेकी छन्, ‘कंगना रणावत पनि शानदार छिन्, फिल्म ‘क्वीन’ मा उनले गरेको अभिनय मलाई मन परेको छ ।’