घर ज्वाइँ’को फस्टलुकमा भारी बोकिरहेका दया र मिरुना‘

फिल्म ‘घर ज्वाइँ’को फस्टलुक रिलिज गरिएको छ । मगर संस्कृतिमा आधारित रहेर तयार पारिएको यो फिल्मको फस्टलुकमा नायक दयाहाङ राई र नायिका मिरुना मगरलाई भारी बोकिरहेको अवस्थामा देख्न सकिन्छ । यस्तै, सार्वजनिक दोस्रो पोस्टरमा भने सबै कलाकारहरूलाई समेटिएको छ ।

अनिल बुढा मगरको  निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको यो फिल्मको क्यारेक्टर पोस्टरले चर्चा पाइसकेको छ । पूर्वी रुकुममा खिचिएको यो फिल्मको कथा निर्देशक अनिलले लेखेका हुन् ।

पटकथा, संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् । जीएम मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा सुशन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ ।

कृष्ण भण्डारीको सम्पादन रहेको यो फिल्ममा वुद्दि तामाङ, पुस्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, विना थापा मगर, सोनाम लामा, विवेश बुढा, सुनिल मगरको पनि अभिनय छ । यो फिल्मको विदेश अधिकार विक्री भइसकेको छ ।