मलिकालाई ‘उत्कृष्ट नायिका’को अवार्ड

फिल्म ‘सतिदेवी’को सार्वजनिक प्रदर्शन गरिएको छैन । तर, विभिन्न महोत्सवमा भने यो फिल्म प्रदर्शन भइरहेको छ । 

रामेछापमा आयोजना गरिएको ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव–२०८०’बाट यो फिल्मकी नायिका मलिका महतले ‘उत्कृष्ट नायिका–जुरी अवार्ड’ प्राप्त गरेकी छिन् । 

मलिकाले पनि यो अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गरेकी छिन् । मलिकाले लेखेकी छिन्–‘अभिनयको करिअरमा मलाई यो अवार्डले अत्यन्तै धेरै हौसला, प्रेरणा र उर्जा थपेको महशुश गरेकी छु ।’

लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा मलिकाले एक ग्रामीण भेगकी युवतीको भूमिका निर्वाहा गरेकी छिन् । 

यो फिल्मबाट निर्देशक सुवेदीले पनि विभिन्न महोत्सवमा अवार्ड  जितिरहेका छन् । विभिन्न महोत्सवमा भएको विशेष शोमा पनि मलिकाले फिल्ममा उत्कृष्ट काम गरेको भन्दै चर्चा भइरहेको छ ।