‘बोक्सीको घर’लाई सुखद शो, कस्तो रहला ओपनिङ ?

वैशाखको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को बूकिङ आजबाट खुलेको छ । यो फिल्मप्रति प्रदर्शकहरु आशावादी देखिएका छन् । यसैले, यसलाई प्रदर्शकहरुले सुखद शोज दिएका छन् । 

क्यूएफएक्स चेनले उपत्यकाका ६ वटा हलमा २४ शो दिएको छ । ‘डिग्री माइला र महाजात्रा’ले राम्रो दर्शक पाइरहेको समयमा ‘बोक्सीको घर’ले पाएको शोज राम्रो हो । 

यस्तै, काठमाडौंको बीग मुभिजले पनि यो फिल्मलाई ५ शो दिएको छ । कालिमाटीमा रहेको वान सिनेमाज्ले पनि फिल्मलाई ५ शो दिएको छ । 

फिल्मले राम्रो शो पाउनुको कारण ‘बुझिन मैले’ बोलको गीत चर्चामा रहनु हो । जसकाकारण, फिल्म हेर्नका लागि महिला दर्शकको उपस्थिति बाक्लो हुने अपेक्षा गरिएको छ । 

सुलक्षण भारतीको निर्देशनमा तयार भएको फिल्ममा केकी अधिकारी, सुफला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल र सविन बास्तोला लगायतका कलाकारको अभिनय छ । 

सुलक्षण भारतीको निर्देशनमा तयार भएको फिल्मलाई केकी अधिकारीले नै निर्माण गरेकी हुन् ।